४ पुस २०८२, शुक्रबार | December 20, 2025

मुख्यमन्त्री गुरुङले गरे म्याग्दीको पहिरो प्रभावित क्षेत्रको निरीक्षण



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार म्याग्दीको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री गुरुङ सेनाको हेलिकप्टरबाट राहत सामग्री लिएर भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुनका साथ प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।

मुख्यमन्त्री गुरुङले मराङ र ताकममा गएको पहिरोले पुु¥याएको क्षतिको बारेमा जानकारी लिएर पीडितको आवश्यकताको विषयमा छलफल गरेका हुन । गत शुक्रबार म्याग्दीको बिम, मराङ र ठाडाखानीमा पहिरोका कारण २८ जनाको ज्यान गएको थियो । चार जना अझै बेपत्ता छन् ।

मुख्यमन्त्री गुरुङले पहिरो पीडितका लागि तत्काल अस्थायी र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने बताए । “विपदमा परेका नागरिकको साथमा प्रदेश सरकार छ,” उनले भने “सुरक्षित र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउछौँ ।”

पहिरो पीडितको अस्थायी बसोबास भएको ठाउँमा महामारी फैलिन नदिन स्वच्छ खानेपानी र सरसफाइका लागि सहयोग गर्ने आश्वासन मुख्यमन्त्री गुरुङले दिए ।

धवलागिरि गाउँपालिकामा पहिरोबाट ७२ घरधुरीका ५१५ जना पूर्ण रुपमा विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मालिका गाउँपालिकाको बिममा २० घरका ९९ जना पूर्ण र ४२ घरका १८५ जना आंशिक रुपमा विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए ।

पहिरोका कारण सडक, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको छ । राहत र पहिरो पीडितको ब्यवस्थापनको कामलाई सहज बनाउन दरवाङदेखि ताकम हँुदै मुना र बिम हुँदै मराङ जोड्ने सडक मर्मतका लागि जिल्ला समन्वय समितिले रु एक करोड बजेट विनियोजन गरेको छ । दुई वटा पालिकालाई सडक मर्मतका लागि रु ५०÷५० लाखका दरले वजेट विनियोजन गरेको जिसस प्रमुख देवेन्द्र केसीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको