२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

मुख्यमन्त्री गुरुङले गरे म्याग्दीको पहिरो प्रभावित क्षेत्रको निरीक्षण



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार म्याग्दीको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री गुरुङ सेनाको हेलिकप्टरबाट राहत सामग्री लिएर भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुनका साथ प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।

मुख्यमन्त्री गुरुङले मराङ र ताकममा गएको पहिरोले पुु¥याएको क्षतिको बारेमा जानकारी लिएर पीडितको आवश्यकताको विषयमा छलफल गरेका हुन । गत शुक्रबार म्याग्दीको बिम, मराङ र ठाडाखानीमा पहिरोका कारण २८ जनाको ज्यान गएको थियो । चार जना अझै बेपत्ता छन् ।

मुख्यमन्त्री गुरुङले पहिरो पीडितका लागि तत्काल अस्थायी र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने बताए । “विपदमा परेका नागरिकको साथमा प्रदेश सरकार छ,” उनले भने “सुरक्षित र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउछौँ ।”

पहिरो पीडितको अस्थायी बसोबास भएको ठाउँमा महामारी फैलिन नदिन स्वच्छ खानेपानी र सरसफाइका लागि सहयोग गर्ने आश्वासन मुख्यमन्त्री गुरुङले दिए ।

धवलागिरि गाउँपालिकामा पहिरोबाट ७२ घरधुरीका ५१५ जना पूर्ण रुपमा विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मालिका गाउँपालिकाको बिममा २० घरका ९९ जना पूर्ण र ४२ घरका १८५ जना आंशिक रुपमा विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए ।

पहिरोका कारण सडक, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको छ । राहत र पहिरो पीडितको ब्यवस्थापनको कामलाई सहज बनाउन दरवाङदेखि ताकम हँुदै मुना र बिम हुँदै मराङ जोड्ने सडक मर्मतका लागि जिल्ला समन्वय समितिले रु एक करोड बजेट विनियोजन गरेको छ । दुई वटा पालिकालाई सडक मर्मतका लागि रु ५०÷५० लाखका दरले वजेट विनियोजन गरेको जिसस प्रमुख देवेन्द्र केसीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ३६ बजे

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

चैत ५ भित्र प्रतिनिधिसभा निर्वाचनका सबै काम सक्ने आयोगको लक्ष्य

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग

बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १४ हजार ७२९ रुपियाँ

झापा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो

सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं

जनताले मतबाट एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताले मतमार्फत नेकपा