३१ असार २०८३, बुधबार | July 15, 2026

सुनसरीमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान



इटहरी । बिहीबार राति सुनसरीको देवानगञ्जमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ ।

सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तर्गत गस्तीमा रहेको प्रहरी टोली र आपराधिक समूहबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, राति १० बजे देवानगञ्ज–३ मा ४–५ जनाको संख्यामा रहेका युवालाई सर्च गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो ।

सो क्रममा हतियार खोसाखोस गर्ने क्रममा एक थान पेस्तोल, केही राउण्ड गोली र २ थान म्यागेजिन समेत बरामद भएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको पुष्टि गर्दै दुईजना पक्राउ परेको समेत जानकारी दिए । दुबैतर्फको फाइरिङ हुँदा करिब १०–१२ राउण्ड गोली चलेको प्रहरीको भनाइ छ ।

दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको छ । गोली लाग्नेमा पिन्टु र राजेश भन्ने ब्यक्ति छन् । उनीहरु दुबैलाई खुट्टामा गोली लागेको छ । उनीहरु घाइते भएका कारण प्रहरीले आफ्नो नियन्त्रणमा लिन सकेको हो । बाँकी अन्य भने दशगजा क्षेत्र हुँदै फरार भएको एसपी थापाले बताए ।

‘उनीहरु भारतीय मूलका जस्ता ब्यक्तिहरु थिए । फरारको पनि खोजी कार्य भैरहेको छ’ एसपी थापाले भने, ‘उनीहरुलाई पनि गोली लागेको हुनसक्छ । स्थानीय अस्पतालहरुमा हामीले निगरानी बढाएका छौ ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ४० बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत