४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ ।

अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञाान विभागले जनाएको छ ।

त्यस्तै साउन ५ देखि ८ गतेसम्म कन्काई, सप्तकोशी र सहायक नदी तमोर, अरूण, सुनकोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्नेछ भने केही नदीहरुको जल सतह सतर्कता बिन्दुसम्म पुग्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको