१३ असार २०८३, शनिबार | June 28, 2026

बालुवाटार भर्सेस खुमलटार : धुम्बाराहीले धान्न नसकेको नेकपा सत्तासंघर्ष



सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाभित्रको अन्तसंघर्ष आगो अझै निभ्ने लक्षण देखिएको छैन । पार्टी र राज्यको सत्ता प्राप्ति र सत्ता जोगाउनका लागि शिर्ष नेताहरुबीच हानाथाप छ । लडाईं कुनै सैद्धान्तिक विषयमा लडाईं छैन । नेताहरु पदका भोका भएपछि र नअघाएपछिको परिणाम यतिबेला नेकपाभित्रको रमिता सडकमा प्रहसन भएको छ ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठक १६ गतेपछि तिक्ततापूर्ण बन्यो, जतिबेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामामा माग्न सुरु भयो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समुहबाट ।

भारत र पार्टीका नेताहरु मिलेर आफुलाई हटाउन लागेको भाषण दुई दिन अघि गरेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि प्रमाण पेश गर्नका लागि माग गर्दै राजीनामाको फायर खोलिएपछि नेकपा विवाद भुषको आगोसरी सल्कियो ।

यसबीचमा पटकपटक स्थायी कमिटी बैठक स्थगित हुँदै आयो । विवाद मिलाउनका लागि भन्दै बैठक स्थगित गर्दै अध्यक्षद्वयबीच छलफल हुने गरे पनि निस्कर्ष निस्किएको छैन । दुबै अध्यक्ष आआफ्नै अडानमा कायमै देखिन्छन् । अर्थात, दुबै गुट अहिलेसम्म टसको मस छैनन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली दुबै पदबाट राजीनामा दिने मुडमा छैनन् । अप्रासंगिक समयमा राजीनामा मागिएको भन्दै ओली र उनको समुह फायर छ । राजीनामाको बटमलाइन समातेर प्रचण्ड–नेपाल समुह बसेको छ । केही दिन अघिसम्म ओलीलाई दुवै पदबाट हटाउन चाहेको यो सुमह अहिले एक पदबाट मात्रै भएपनि राजीनामा गराउन सके माधव नेपाललाई ‘एडजस्ट’ गराउन सकिन्थ्यो कि भन्ने प्रयासमा छ । किनकी, माधव नेपाल गत दुई वर्षदेखि भूमिकाबिहीन बनेको पचेको छैन ।

ओली र प्रचण्डको चोचोमोचो मिल्दा नेपाल कर्नरमा परेका थिए । अहिले, प्रचण्ड र नेपालको मिलन भएको छ, ओलीविरुद्ध । सत्ता प्राप्तिका लागि नेताहरुको कित्ता परिवर्तन भैरहेको छ । कतिपय नेता र सांसदहरुले त नयाँ मन्त्रिमण्डल बनाइसकेका छन्, दौरा सरवाल र कोट समेत सिलाइसकेको अवस्था छ ।

दुवै समुहले एक अर्कोलाई पराजित गर्न गर्न हुने नहुने सबै हथकण्डा अपनाएका छन् । नेताहरुको हस्ताक्षर संकलन गरिएको छ । अविश्वासको प्रस्ताव ल्याउने सम्मको तयारीसहित खाली कागजमा गत बैशाखदेखि नै हस्ताक्षर संकलन समेत गरिएको छ । अविश्वासको प्रस्तावलाई विफल बनाउन अर्को पक्षबाट समेत सोही प्रकृतिको हस्ताक्षर संकलन भएको छ ।

‘फरक प्रसंगमा गरिएको हस्ताक्षरलाई दुरुपयोग गर्न खोजिएको छ’, स्थायी कमिटी बैठक बोलाउनका लागि हस्ताक्षर गरेका २० भाइ नेता मध्येका एक नेताले खबरकुरालाई भने, ‘पार्टीलाई एकजुट बनाउनुको विकल्प छैन । अहिले जो सुकैले पनि पार्टी फुटाल्ने प्रयत्न गरे नेकपा मात्र होइन देशकै राजनीतिक भविष्य संकटमा पर्नेछ ।’

शुक्रबारको स्थायी कमिटी बैठक औपचारिकतामा मात्रै सीमित हुने पक्का छ । विवाद मिलाउन भन्दै थप केही दिन बैठक स्थगित हुने सम्भावना रहेको अर्का स्थायी कमिटी सदस्यले बताए । उनले भने, ‘सम्भवतः अब केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा नेताहरुबीच छलफल केन्द्रित होला ।’

त्यसो त बिहीबार खुमलटारमा बसेको प्रचण्ड–नेपाल समुहको गुट बैठकले पनि अब विवादलाई केन्द्रीय कमिटीमा लैजाने सहमति गरेको थियो

उता, बालुवाटारमा बिहीबारै बसेको ओली समुहको गुट बैठकले समेत प्रतिरक्षाका लागि सबै उपाय अपनाउने निस्कर्ष निकालेको छ ।
बालुवाटार भर्सेस खुमलटारबीचको शक्ति संघर्ष कहाँ गएर टुंगिने हो ? धुम्बाराहीमा केन्द्रीय कमिटी बैठक बस्न सक्यो भने त्यहाँबाट समाधान निस्केला कि झन ठूलो विग्रहको बीऊ रोपिएला ? नेकपाका पार्टी एकता जोगाइराख्न चाहने नेता कार्यकर्ताहरुका लागि अत्यासको विषय बनेको बुझ्न सकिन्छ । नेताहरुको सत्तासंघर्षले पार्टी र संगठन नराम्रोसँग थलिएको छ । समर्थक, शुभचिन्तकहरु लाजमर्दो अवस्थामा पुगेका छन् ।

तर, सत्ताका लागि जे पनि हुने गरेको नेपालको राजनीतिक इतिहासलाई अहिले नेकपाभित्रको सत्ता संघर्षले पुनरावृत्ति गर्छ या बिराम लगाउँछ, राजनीतिमा चासो राख्नेहरुका लागि भने रोचक विषय बनेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ३९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट