३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपाल राष्ट्रबैंकले आज मौद्रिक नीति जारी गर्दै, ऋण तिर्ने समय २ वर्षसम्म थप हुने



काठमाडौं । बैंकबाट कर्जा लिएका ऋणीहरुको भाका २ वर्ष सम्म थप्न सकिने निर्णय गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले तयार गरेको छ ।

बैंकका ऋणीहरुको ब्याजदर, भाका थप, पुनरकर्जा जस्ताहरु सहुलियतकारुपमा दिन सकिने गरि तयार भएको राष्ट्रबैंकको मौद्रिक नीति बैंकको सञ्चालक समिति (बोर्डं) बाट पारित भएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ ।

राष्ट्रबैंक श्रोतका अनुसार लकडाउनका कारण बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।
मौद्रिक नीतिमा बैङ्कको ब्याजदरमा सहुलियतदेखि शेयर धितो कर्जा बढाउने तथा डिजिटल कारोबारलाई प्रोत्साहनसम्मको व्यवस्था गरिएको छ । यस्तै नीतिमा १ खर्ब बराबरको पुनर्कर्जा कोषलाई क्रमिक रुपमा बढाउने भनिएको छ ।

यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ(गाउँसम्म पुर्‍याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले पुनरकर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन । हाल एक खर्बको रहनेभ निएको कोषलाई क्रमिक रुपले बढाउदै लगिने नीतिमा उल्लेख गरिएको छ ।

बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १२ : ११ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको