१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेपाल राष्ट्रबैंकले आज मौद्रिक नीति जारी गर्दै, ऋण तिर्ने समय २ वर्षसम्म थप हुने



काठमाडौं । बैंकबाट कर्जा लिएका ऋणीहरुको भाका २ वर्ष सम्म थप्न सकिने निर्णय गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले तयार गरेको छ ।

बैंकका ऋणीहरुको ब्याजदर, भाका थप, पुनरकर्जा जस्ताहरु सहुलियतकारुपमा दिन सकिने गरि तयार भएको राष्ट्रबैंकको मौद्रिक नीति बैंकको सञ्चालक समिति (बोर्डं) बाट पारित भएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ । ऋणीको प्रकृति अनुसार ३ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको राष्ट्र बैंकका बोर्ड श्रोतले जानकारी दिएको छ ।

राष्ट्रबैंक श्रोतका अनुसार लकडाउनका कारण बढी प्रभावितले बढी सुविधा पाउनेछन् ।
मौद्रिक नीतिमा बैङ्कको ब्याजदरमा सहुलियतदेखि शेयर धितो कर्जा बढाउने तथा डिजिटल कारोबारलाई प्रोत्साहनसम्मको व्यवस्था गरिएको छ । यस्तै नीतिमा १ खर्ब बराबरको पुनर्कर्जा कोषलाई क्रमिक रुपमा बढाउने भनिएको छ ।

यसैगरी ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ । यसैगरी सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ(गाउँसम्म पुर्‍याउने समेत नीतिमा उल्लेख गरिएको श्रोतले बताएको छ ।

मौद्रिक नीतिले पुनरकर्जा कोषलाई भने तत्कालै बढाउने विषयमा निर्णय लिएको छैन । हाल एक खर्बको रहनेभ निएको कोषलाई क्रमिक रुपले बढाउदै लगिने नीतिमा उल्लेख गरिएको छ ।

बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १२ : ११ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई