१४ आश्विन २०८०, आइतबार | October 1, 2023

कारागारमा रहेका कैदी बन्दीसम्म पुग्यो कोरोना भाइरस, बन्दीको सुरक्षामा रहेका प्रहरीमा पनि कारोना पुष्टि



नेपालगञ्ज । कोरोना संक्रमण बिदेशबाट आउने नेपाली, उनीहरुको सम्पर्कका आएका स्थानीय, उपचारमा संग्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै कारगारमा रहेका कैदीबन्दीसम्म पुगेको छ ।

नेपालगञ्जस्थित कारागारका रहेका कैदीबन्दी र एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि बन्दी जीवन विताइ रहेका नेपालगञ्ज ६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

कारागारमा विरामी परेपछि थुनुवालाई भेरी अस्पताल लगिएको थियो । उनीमा कारोनाको लक्षण देखिएपछि अस्पतालको आईशोलसनमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा स्वाव लिएर परीक्षण गर्दा बिरामी परेका उनी र उनको सुरक्षामा सँगै अस्पताल गएका प्रहरीमा कोरोना पुष्टि भएको हो । थुनुवाको शरीरमा रगतको कमी भएपछि अस्पताल लगिएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनीहरु दुबै जनालाई आइसोलेशन सेन्टरमा थप उपचारका लागि पठाईएको कारागार प्रशासनले जनाएको छ ।

७ सय ७७ जना थुनुवा रहेको नेपालगञ्ज कारागारमा प्रशासनले लकडाउन अघिनै भेटघाटमा रोक लगाएको थियो । उनको सम्पर्कमा आएकाहरुको स्वाब लिने तयारी भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ४८ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।