२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारप्रति कारबाही सुरु भइसकेको छ : मुख्यमन्त्री आदित्यनाथ



काठमाडौं । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिएका हुन । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेका थिए ।

मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिनुभएको राजदूत आचार्यले बताए । “नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ,” भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पारेको राजदूत आचार्यले सुनाए ।

विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँस्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरी टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक गरेका थिए । साथै बनारसको ललिताघाटस्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टरसमेत टाँसिएका थिए ।

यो मन्दिर नेपालका तात्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माण गरेका थिए । सो घटनालाई लिएर प्रहरीले सङ्घका संस्थापक अध्यक्षविरुद्ध नै उजुरी दर्ता गरेको बताइएको छ ।                            प्रधानमन्त्री ओलीले नेपालमा रामसँग सम्बन्धित विषयमा थप अनुसन्धान हुनसक्ने बताएका थिए । साथै यस घटनालाई लिएर नेपालको कसैको भावनामा चोट पुर्याउने आशय नरहेकोसमेत सरकारले स्पष्ट पारेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ०८ बजे

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट

चलचित्रको निर्माण घट्दो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या

प्रधानमन्त्रीले सभामुखलाई भने, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’

काठमाडौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी