५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा : रुपन्देहीको गैडहवामा बिदा सहित माछा, मासु र मदिरा प्रतिबन्ध



बुटवल । भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाका दिन रुपन्देहीको गैडहवा गाउँपालिकाले सार्वजनिक बिदा सहित सो दिन माछा, मासु र मदिरा सेवन, काटमार र बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै मित्र राष्ट्र भारतको अयोध्यामा नव निर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको साथै रामको विवाह नेपालकी छोरी सितासंग भएको भन्दै उक्त दिन गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी जीवजन्तु आदिको वध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न सूचीत गरेको छ ।

सूचनामा सोमबारका दिन गाउँपालिकाको कार्यालय, बडा कार्यालय स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुलाई स्थानीय विदा दिइएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०७ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही