३१ असार २०८२, मंगलबार | July 15, 2025

अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट



अयोध्या । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ ।

राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् ।

प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भगृहमा भगवान श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन ।

विश्व हिन्दू परिषद्का नेता दिनेश भाइ नावादियाले ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले राम मन्दिरमा सुन र हिराले जडित मुकुट दिने इच्छा व्यक्त गरेको भारतीय सञ्चारमाध्यमलाइ बताए । नवनिर्मित राम मन्दिरमा जनवरी २२ मा  कुन मूर्ति स्थापना गर्ने हो भन्ने टुंगो नलागे पछि कम्पनीका दुई कर्मचारीलाई अयोध्या पठाइएका थियो। मूर्तिको टुङ्गो लाग्ने बित्तिकै दुवै मजदुर मुकुटको नाप लिएर सुरत फर्किए र मुकुट बनाउन थाले ।

६ किलो तौलको मुकुटमा साढे चार किलो सुन प्रयोग गरिएको उनले बताए । यसमा साना र ठूला आकारका हिरा, माणिक, मोती र नीलमणि जस्ता बहुमूल्य रत्नहरू जडिएका छन् । अब यो मुकुट भगवान रामको शिरमा सजिएको छ । प्राणप्रतिष्ठा समारोहको एक दिन अघि श्री रामजन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईलाई हस्तान्तरण गरिएको थियो, जसको मूल्य करिब ११ करोड रुपैयाँ रहेको बताइएको छ ।

हिरा व्यापारी दिलीप कुमारले राम मन्दिरका लागि १०१ किलो सुन दान गरेका छन्, जसको मूल्य करिब ६८ करोड रुपैयाँ छ । मन्दिरका ८ वटा ढोकामा सुनको लेप लगाउन प्रयोग गरिएको छ । जबकि कथाकार तथा आध्यात्मिक गुरु मोरारी बापुले ११.३ करोड रुपैयाँ दान गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : १२ बजे

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय

गायक रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

बारा । वरिष्ठ गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित

विधान महाधिवेशनमा मेरो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की नेतृ विद्यादेवी भण्डारीले आगामी