२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

अयोध्यामा प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध



नेपालगन्ज । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै माघ ८ गतेका लागि बाँके जिल्लालाई मदिरा निषेध गरेको जनाएको छ ।

प्रशासनले ८ गतेका दिन बाँके जिल्लामा संचालन गर्ने भनिएको विभिन्न धार्मिक कार्यक्रमहरुलाई शान्त , सौम्य , मर्यादित र सदभावयुक्त वातावरणमा सम्पन्न गर्न सघाउ पुर्याउने उद्देश्यले मदिरा निषेध गरिएको जनाएको छ । सोमबार बाँके जिल्लामा बिहान ७ः०० बजे देखि बेलुकी १०ः०० बजे सम्म मदिराको ओसार पोसार, बिक्री बितरण र उपभोगमा रोक लागाईएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यस अघि बाँकेका क्रियाशील बिभिन्न धार्मिक गुरुहरुको बैठक बोलाई ८ गते गरिने धार्मिक कार्यक्रममा कुनै धर्म र सम्प्रदाय विशेषलाई आँच आउने र अपमान हुने तथा भावनामा ठेस पुग्नेगरि नारा जुलुस नगर्न सहमत गराएका थिए । प्राण प्रतिष्ठाका दिन बाँकेमा बिभिन्न कार्यक्रमहरु सहित रामको प्राण प्रतिष्ठा उत्सव मनाउने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ५८ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित