२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सवा ३ बजेबाट सुरू भएको बैठकमा पार्टीभित्रको चरम विवाद समाधानको खोजीबारे छलफल भैरहेको छ ।

जारी स्थायी समिति बैठक विवादकै कारण अघि बढ्न नसकेपछि सो बैठक रोकेर सचिवालयको बैठक बसेको हो ।

सचिवालय बैठक बस्नु अघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव दुई घण्टा छलफल भएको थियो ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक पार्टीभित्रको अन्तर्संघर्ष चर्किएपछि असार १६ गतेबाट अघि बढ्न सकेको छैन ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग प्रचण्ड-नेपाल समुहले गरेपछि नेकपामा विवाद चुलिएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ३ : ४७ बजे

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद