४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सवा ३ बजेबाट सुरू भएको बैठकमा पार्टीभित्रको चरम विवाद समाधानको खोजीबारे छलफल भैरहेको छ ।

जारी स्थायी समिति बैठक विवादकै कारण अघि बढ्न नसकेपछि सो बैठक रोकेर सचिवालयको बैठक बसेको हो ।

सचिवालय बैठक बस्नु अघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव दुई घण्टा छलफल भएको थियो ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक पार्टीभित्रको अन्तर्संघर्ष चर्किएपछि असार १६ गतेबाट अघि बढ्न सकेको छैन ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग प्रचण्ड-नेपाल समुहले गरेपछि नेकपामा विवाद चुलिएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ३ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको