९ श्रावण २०८३, शनिबार | July 25, 2026

बुटवल जेसीज लेडीद्धारा अन्तरमावि वक्तृत्वकला प्रतियोगिता



बुटवल । बुटवल महिला जेसिजको आयोजनामा शनिबार बुटवलमा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ ।

सकरात्मक परिवर्तनका लागि एकता भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । जेसीज अध्यक्ष कल्पना पाण्डेले लकडाउनले घरमा बसेका विद्यार्थीहरुलाई हैसला दिन र उनीहरुको वाक कला बढाउन प्रतियोगिता आयोजना गरेको बताइन ।

लकडाउनको बेलामा विद्यार्थीमा सकरात्मक सोचको उर्जा दिन वक्तृत्वकला प्रतियोगिताको विषय समेत सकरात्मक परिवर्तनका लागि एकता राखेको उनले बताइन ।

वक्तृत्वकला प्रतियोगितामा कालिका माविका विद्यार्थी एलिसा बेल्वासे प्रथम भएकी छिन् । स्कलस होम माविका विद्यार्थी नविना भुसाल द्धितीय र एभरेष्ट माविकी वसुन्धरा भण्डारी तृतीय भइन । सान्त्वना पुरस्कार न्यु होराइजन माविकी स्मारिका न्यौपाने र उजीरसिह माविकी समिक्षा विक पाचौं भएर प्रमाणपत्र लिइन ।

प्रतियोगितामा ७ वटा सामुदायिक तथा सस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वनाले प्रमाणपत्र तथा मेडल पाएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि न्यु होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय र महिला जेसीजका अध्यक्ष कल्पना पाण्डे (कुसुम) ले संयुक्तरुपमा पुरस्कार दिएका थिए ।

प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक प्रकाश पौडेल, सैनामैना मेमोरयल माविका प्राचार्य जेबी क्षेत्री र कान्तिपुर टेलिभिजनका वरीष्ठ उपसम्पादक अमृता अनमोलले निर्णायक भूमिका निभाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यु होराइजन माविका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको अतिरिक्त क्षमता बढाउन यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । उनले किताबी ज्ञानसंगै विद्यालय बाहिर हुने यस्ता प्रतियोगितामा सहभागिता जनाउने हो भने विद्यार्थीलाई समाज र अवस्था बुझ्न समेत सहज हुने सुझाब दिए ।

कार्यक्रममा एन प्याव्सनका जिल्ला सचिव तथा स्कलर्स होम माविका प्राचार्य बाबुराम बन्जाडे, कान्ति माविका गोविन्द ज्ञवाली, बुटवल जेसीजका अध्यक्ष राजीव गौतम, बुटवल महिला जेसीजका निवर्तमान अध्यक्ष राधिका पोखरेल लगायतले जेसीजले गर्ने अतिरीक्त कृयाकलाप र त्यसले समाजमा पार्ने प्रभावबारे आफ्ना भनाइ राखेका थिए ।

संस्थाका महासचिव अनुपमा श्रेष्ठको संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष कल्पना पाण्डेले गरेकी थिइन ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : ५९ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा