१० असार २०८३, बुधबार | June 24, 2026

फेसबुक म्यासेन्जरले दियो स्क्रिन सेयरिङको सुविधा



विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।

मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सेयर गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।

त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्ति बीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ ।

कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ ।

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट सेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ५ : ४४ बजे

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।