३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रहरीको कुटाईबाट कोभिड–१९ पोजेटिभ केसका बिरामीको हात भाँचिएपछि



बाँके । प्रहरीको कुटाईबाट कोभिड–१९ पोजेटिभ केसका बिरामीको हात भाँचिएपछि प्रहरीले कुटपिटको घटना लुकाउनकै लागि उपचारको बहानामा बाँके ल्याएको छ ।

सुर्खेतको सिम्ता–८ राकममा स्थापना गरेको क्वारेन्टाईनमा उपचारत कोभिड–१९ पोजेटिभ ३५ वर्षीय पुरुषको प्रहरीसँग बिबाद भएपछि प्रहरीले प्रहार गरेको लठ्ठीले लागेर देब्रेहातको नाडि भाँचिएको थियो ।

कुटाईको घटना लुकाउन प्रहरीले स्थानीयस्तरमा नै उपचार हुन सक्ने केशलाई पनि उपचारको बहानामा बाँकेको कोहलपुर ल्याएको हो । सुर्खेतको स्थानीय अस्पतालमा उपचार गराउँदा प्रहरीको कुटाई सार्वजानिक हुने भएपछि उनलाई उपचारका लागि बाँके ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

असार ३१ गते घटेको सो घटनालाई सुरुमा स्थानीय स्तरमै गुपचुप राख्न एता उता डुलाईए पनि ती पुरुषमा कोरोना पुष्टी भएका कारण चारदिन पछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको हो ।

घाईते संक्रमित पुरुष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा. दिनेश श्रेष्ठले बिरामीको कोहलपुरमा उपचार चलिरहेको जानकारी दिए ।

कोरोना पुष्टि भएर क्वारेन्टाईनमा बसिरहेका ति पुरूषको गत असार ३१ गते क्वारेन्टाईनमा नै सुरक्षाका लागि ड्युटी बसेका प्रहरीसँग विवाद भएको थियो । विवाद बढ्दै गएपछि प्रहरीले लाठीले प्रहार गर्दा उनको हात भाँचिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ३३ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना