३१ असार २०८३, बुधबार | July 15, 2026

ठोरीस्थित सीता गुफा क्षेत्रको सीमा स्तम्भ भारतीयद्वारा उखेलियो



वीरगन्ज । भगवान रामको जन्मूमीका विषयमा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको पिलर (सीमा स्तम्भ) उखेलेर फालिएको छ ।

पर्साको ठोरी गाउँपालिका–२ मा पर्ने सीता गुफा रहेको पहाडको शिरमा नेपाल र भारत सीमा छुट्याउन गाडिएको ४३६ नम्बरको पिलर, शनिवार उखेलेर त्यहाबाट भारत तर्फको भूभागमा फालिएको अवस्थामा भेटिएको हो ।

सीता गुफा रहेको पहाडको शिरमा रहेको ४३६ नम्बरको पिलर गाडिएको स्थान भन्दा ५ मिटर भारत तर्फको भूभागमा फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए ।

पिलर उखेलेर फालिएको खबर पाएलगत्तै शनिबार साँझ त्यहा पुगेका सशस्त्र प्रहरी निरीक्षक दाहालले भने, ‘शनिवार दिउँसो साढे १२ बजे पुग्दा पिल्लर गाडिएकै ठाउँमा दुरुस्त थियो, तर अहिले आएर हेर्दा उखेलेर भारततर्फ फालिएको अवस्थामा भेटियो, यस विषयमा अनुसन्धान गरिरहेका छौँ ।’ दाहालका अनुसार पिलर उखेलेर फालिएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ ।

ठोरीका स्थानीयले भने प्रधानमन्त्रीको अभिव्यक्तीपछि सीता गुफा एकाएक चर्चामा आएपछि भारतीय सुरक्षाकर्मीले उक्त स्थान आफनो भूमीमा पार्ने नियतले सीमाको पिलर उखेलेर फालेको हुन सक्ने बताएका छन् । प्रहरीले भने पिलर कसले फालेको हो भनेर पुष्टि गरिसकेको छैन ।

सीता गुफा रहेको सुमेरु पहाडमा शनिवार साँझ नेपाली सुरक्षाकर्मीसँगै पुगेका ठोरी ३ का वडा अध्यक्ष सूर्य लामाले भने, ‘पहाडको चट्टानमा गाडिएको पिल्लर आफै ढल्ने सम्भावना नै छैन, उखेलेर नै फालेको हो ।’

प्रधानमन्त्रीले राम जन्मभूमी ठोरीमै पर्ने अभिव्यक्ति दिएपछि ठोरीको सीता गुफा चर्चामा आएको भन्दै उनले नेपालको यो पवित्रस्थल भारतीय भूमीमा पार्ने नियत राखेर उखेलेर फालेको हुन सक्ने बताए ।

‘यदि भारतीय पक्षबाट यो काम भएको हो भने हामीलाई स्वीकार्य हुँदैन’, उनले भने, ‘हामी हाम्रो भूमीको रक्षाका लागि ज्यान दिन पनि तयार छौँ ।’ यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : २६ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत