१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

यातायात सञ्चालनका विषयमा यातायात व्यवसायी विभाजित, सार्वजानिक यातायात महासंघ चलाउने पक्षमा, राष्ट्रिय महासंघले बस ननिकाल्ने घोषणा



काठमाडौं । विभिन्न माग राखेर पार्किङबाट सवारी साधान निकाल्न आनाकानी गरिरहेका यातायात व्यवसायीहरु दुईभागमा बाँडिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ अवद्ध यातायात व्यवसायीले सोमबारबाट सार्वजानिक सवारी साधन चलाउने भएका छन् भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लकडाउनको मोडालिटी, स्वास्थ्य सुरक्षा र संघीय संरचनाअन्तर्गत कम्तीमा १ प्रदेशभित्र सवारी चलाउने वातावरण नहुँदासम्म सवारी नचलाउने अडान लिएका छन् ।

सार्वजानिक यातायात महासंघले मौद्रिक नीतिले व्यवसायीको माग सम्बोधन गरेको भन्दै सोमवारबाट सार्वजनिक सवारीसधान सञ्चालन गर्न सहमत भएको छ । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै व्यवसायीहरुले सवारी साधान निकाल्न आनाकानी गर्दै आएका थिए ।

उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा यातायात सञ्चालन गर्न पाइने भएपनि अन्य जिल्लामा भने तत्कालका लागि जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइने छ । साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा ल्याएपछि यातायात व्यवसायीहरुलाई सवारी साधान संचालन गर्न दवाब परेको थियो ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्। यातायात व्यवस्था विभागमा भएको छलफलमा सार्वजानिक यातायात महासंघका प्रतिनिधिहरु भोलिबाट सबैखाले यातायात सञ्चालन गर्न सहमत भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने पर्याप्त यातायात ब्यवसायी र यातायातका साधन नभएका केहि संघ संस्थाका नामबाट सहमति भएको भन्ने विषयले अर्थ नराख्ने प्रतिक्रिया दिएको छ ।

संघीयताको संरचनाअन्तर्गत कम्तीमा एउटा प्रदेशभरी सवारी सञ्चालनको वातावरण नगरी यातायात चलाउनुको अर्थ नभएको संयुक्त महासंघका केन्द्रिय सल्लाहकार दधिराम न्यौपानेले बताए । उनले विश्व स्वास्थ्य संगठनले ताकेको मापदण्डको स्वास्थ्य सुरक्षा, सवारी साधान प्रयोग गर्दा कोरोना सर्दैन भन्ने सुनिश्चितता नहँदासम्म राष्ट्रिय महासंघ अन्तर्गतका सवारी नगुड्ने दाबी गरे ।

७ गतेसम्म सरकारको घोषित लकडाउन कायम रहेकाले पनि कानुनसँग बाझ्ने गरि सवारी चलाउने पक्षमा आफुहरु नरहेको खरेलको भनाई छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ४ : १७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू