१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

राष्ट्रिय अभिलेखालयमा आफ्नै इतिहास प्रभाव पार्ने अभिलेख नभएको खुलासा



काठमाडौं । नाम राष्ट्रिय अभिलेखालय भए पनि अभिलेखालयमा नेपालको इतिहास उजागर गर्ने कुनै पनि सामाग्री नभएको खुलासा भएको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा भएको छलफलमा उपस्थित भएका पुर्व अभिलेखाल प्रमुख भिमप्रसाद नेपालले राष्ट्रिय अभिलेखालयका इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयसँग नभएको खुलासा गरेका हुन् ।

नेपालमा कहिल्यै पनि ‘रेकर्ड म्यानेजमेन्ट मैत्री प्रशासन’ नभएको उल्लेख गर्दै पुर्व अभिलेखालय प्रमख नेपालले प्रमाणको रुपमा ग्रहण गर्न सक्ने कुनै रेकर्ड अभिलेखालयमा नभएको बताए । उनले भने, ‘‘अभिलेखालयमा प्रमाणको रुपमा ग्रहणगर्न सक्ने, रेकर्ड म्यानेजमेन्टको रुपमा प्रयोग गर्न सक्ने, इतिहासमा प्रभाव पार्न सक्ने खालको गरी रेकर्ड नै भएको छैन् ।’’

अभिलेखालयलाई वीर पुस्तकालयको उत्तराधिकारीकारुपमा मात्र सिमीत गरिएको भन्दै नेपालले अभिलेखालयमा वीर पुस्तकालयको संकलनमा रहेका पुराना हस्तकला, हस्तलिखित दन्त्यहरु र शिलालेखका प्रतिलिपिहरुलाई व्यवस्थित गर्ने काम बाहेक अरु केहि नभएको जानकारी दिए । उनले २०४६ मा अभिलेख संरक्षण ऐन २०४६ जारी भएर ३० वर्ष पुरातत्व विभाग अन्तरगत हुँदा पनि अभिलेखालयको कुनै विकास हुन नसकेको स्पष्ट पारे ।

अभिलेखालय रेकर्ड सिर्जना गर्ने नभएर आएका रेकर्डहरु व्यवस्थापन गरेर राख्ने कार्यालय भएको उनको भनाई छ । अझै पनि रेकर्ड राख्नैपर्ने बाध्यकारी नियम नभएका कारण कतिपय कार्यालयहरुले रेडर्क व्यवस्थापनमा चासो नदिने गरेको नेपालले आरोप लगाए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ०८ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा