२८ असार २०८२, शनिबार | July 12, 2025

लकडाउनका कारण १९ अर्ब राजस्व गुम्यो



चितवन । कोरोना भाइरस कोभिड-१९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम सङ्कलन गरेको छ ।

कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा रु १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् रु २४ अर्ब ३७ करोड ८० लाख १६ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालयले दिएको जानकारीअनुसार लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयले रु ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा आय कर रु दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर रु पाँच करोड ७९ लाख ५० हजार, व्याजकर रु १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब नौ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क रु १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर रु दुई लाख ४७ हजार सङ्कलन भएको छ ।

प्रतिशतका हिसाबले मूल्य अभिवृद्धि करमा १०० दशमलव ४१ प्रतिशत असुल भए पनि अन्य सबै लक्ष्यभन्दा कम रहेको रिजालले बताए । राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क सङ्कलन भएको छ । अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । यस्तै लकडाउनले अन्य क्षेत्र पनि पूर्ण प्रभावित भएकाले राजस्वमा निकै गिरावट आएको रिजालले बताए ।

यस कार्यालयअन्तर्गत व्यवसायी पानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ भन्दाबढी करदाता रहेका छन् । यस कार्यालयले चितवन र नवलपरासीको दाउन्ने सुस्ता पूर्व हेर्दै आएको छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ४५ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु