१३ असार २०८३, शनिबार | June 28, 2026

शंकर पोखरेल र विष्णु रिजालबीच सवालजवाफ, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति’ले दुस्प्रचार गरेको भन्दै जनार्दनको आक्रोश



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुको विवादमा दोस्रो तहका नेताहरुबाट आ–आफ्नो गुट रक्षाका लागि क्रिया प्रतिक्रिया निरन्तर जारी छ ।

शिर्ष नेतृत्व सत्ता प्राप्ति र सत्ता जोगाउनका लागि मरिहत्ते गरेर लागेको छ । व्यवहारले देखिँदैछ, पद ठूलो कुरा हो, पार्टी र संगठन भाँडमा जाओस ।

दोस्रो तहका नेताहरुले आफ्नो गच्छे र हैसियत अनुसार आफु अनुकुल व्याख्या गरिरहेका छन् । नेकपा भित्रको अन्तसंघर्षलाई व्यवस्थित बनाउन नसक्दा पार्टीका नेताहरु सामाजिक सञ्जालबाटै बहसमा उत्रिरहेका छन् ।

सोमबार बिहानै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले फेसबुकमार्फत पार्टी एकता गर्दा छिटो एकता महाधिवेशन गर्ने विषयमा नेताहरु किन पन्छिन खोजेको होलान भन्दै प्रश्न गरे ।

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले भनेका छन्, ‘पार्टी एकता गर्दा २वर्षमै एकता महाधिवेश गर्छौ भन्ने नेताहरु ३वर्ष भित्रै महाधिवेशन गरौ भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?

पोखरेललाई माधव कुमार नेपाल समुहका नेता विष्णु रिजालले जवाफ फर्काए । पार्टी संगठनको कामलाई पूर्णता नदिनेहरुले कसरी महाधिवेशन गर्लान र भन्दै उनले उल्टै प्रश्न गरे ।

रिजालले फेसबुकमा लेखेका छन्, ‘दुई वर्षसम्म केन्द्रीय आयोग-विभागलाई पूर्णता दिन नसक्ने, पार्टी सदस्यताको एकीकृत अभिलेखसम्म बनाउन नसक्ने र आफ्नो आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले चार महिनामा महाधिवेशन हुन्छ भन्दा अरूले पत्याइदिनुपर्ने ? अहिले उत्पन्न समस्यालाई हल गरेर केन्द्रीय कमिटीले तोकेकै २०७७ चैत २५–३० को मितिमा महाधिवेशन गर्न कसले रोकेको छ र ?

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेता पनि के केम । नेता जनार्दन शर्माले पार्टी एकता विरोधी प्रवृतिलाई भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले भनेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ विना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु ।’

मन्त्री बन्नका लागि शितल निवास पुग्यो भन्ने आरोप लागेपछि शर्माले जवाफ फर्काउँदै आफु पार्टी एकताको पक्षपाती भएको दाबी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १ : ०१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट