१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

चितवनमा निकुञ्ज प्रशासन र स्थानीय सरकार आमने-सामने, समन्वय नगरेको भन्दै निकुञ्ज प्रशासनको भर्त्सना



चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चितवनको माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका बस्तीमा आगजनीगर्नुका साथै हात्तीलगाएर घरहरु भत्काईदिएपछि जिल्लामा स्थानीय तह र निकुन्ज प्रशासनका बिच द्वन्द बढेको छ । निकुन्ज प्रशासनले निम्न वर्गका चेपाङहरुको बस्तीमा आगजनी र हात्ती लगाएर भत्काईदिएपछि चितवनका स्थानीय तहले निकुन्ज प्रशासनको कदमको भत्र्सना गरेका छन् ।

माडी नगरपालिकाले निकुन्जले दादागीरी देखाएको भनेको छ । निकुञ्जले आठ वटा घर हात्ती लगाएर भत्काएको र दुईवटा घरमा आगजनी गर्दै ज्यादती गरेपछि चेपाङ परिवार निक्कै समस्यामा परेको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले बताए ।

मेयर ढकालका अनुसार निकुञ्जको जग्गा अतिक्रमण गरेर बस्ती बसाएको भन्दै कोहीसँग पनि समन्वय नगरिकन निकुञ्ज प्रशासन एकलौटी रुपमा अघि बढ्दा अविरल वर्षाको बेला चेपाङ परिवार विचल्लीमा परेका छन् ।

आगजनीका कारण चेपाङ समुदायका लत्ताकपडा, भाँडाकुँडा, दुःख गरेर कमाएको केही रकमसमेत पूर्णरुपमा नष्ट भएको ढकालले बताए ।

स्थानीय स्तरमा जन प्रतिनिधि सहितको स्थानीय सरकार हुँदा हुँदै निकुञ्ज प्रशासनले दादागीरी देखाएको भन्दै जिल्ला समन्वय समिति चितवने पनि घटनाको भत्र्सना गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सोमबार एक विज्ञप्ती जारी गरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीयकार्य भएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा विकल्पविनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीयकार्यप्रति खेद व्यक्तगर्दै संयोजक डल्लाकोटीले घरबार विहीन बनार्ईएका ती सुकुम्बासी चेपाङ्गहरुको उचित व्यवस्थापन र क्षतीपूर्तीको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

‘वि.सं. २०५३ सालबाट सो ठाउँमा बस्दै आएका सुकुम्बासी चेपाङ्गहरुलाई बसोवास गरी आएको स्थानबाट हटाउन स्थानीय सरकार वा सरोकारवालासँग कुनै समन्वय नगरी निकुञ्जले वषा अमानवीयता देखाएको समन्वय समितिको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

चितवन राष्ट्रिय निकुन्जले चेपाङ बस्तीका स्थानीयले निकुञ्जको कार्यक्षेत्र भित्र पर्ने जग्गा अतिक्रमण गरेर बसेको भन्दै हात्री लगाएर घर भत्काउनुका साथै आगजनी समेत गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : ३१ बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा