१५ चैत्र २०८२, आइतबार | March 30, 2026

सप्तरीमा झण्डै तीन सय घर डुवानमा, खोला नदीमा जलस्तर बढ्दो



सप्तरी । दुई दिनदेखि लगातार भइरहेको वर्षाले सप्तरीका विभिन्न खोला, नदीमा पानीको बहाव अत्याधिक बढेको छ ।

जिल्लाका झण्डै तीन सय घर डुवानमा पर्नुका साथै वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिकाका अधिकांश वडा डुवानमा परेको छ ।

स्थानीय नदी र खोलामा पानीको बहाव उच्च भएपछि बाढी पस्दा तिलाठी कोइलाडी गाउँपालिका सकरपुराका ५० घर डुवानमा परेका छन् ।यस्तै बेल्हीका ३०, हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ घर डुवानमा परेका छन् ।

डुवानबाट बिस्थापितहरु सुरक्षित स्थानमा पुगेको सम्बन्धीत स्थानिय तहका प्रमुखहरुले जानकारी दिएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही र सकरपुराका बस्तीमा दुई फिटसम्म पानी जमेको गाउँपालिका विपद् व्यबस्थापन समितिका अधिकृत राजेश झाले जानकारी दिए । पानी पसेका कतिपय घरमा सर्वसाधारण खाटमा बसिरहेका छन् ।

सकरपुरामा सयौं विगहामा लगाइएको धान बाली सखाप भएको पीडित किसानहरुले बताएका छन् । जिता नदीको बाढी पस्दा मंसापुरका २५ घर डुवानमा परेको स्थानिय सत्यनारायण मण्डलले बताए ।

यस्तै भलुवाही खोलाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं. १, २, ५, ६, ७, ८, १० र १५ का १ सय ५० घर डुवानमा परेको छ ।

ती वडाका अधिकांश घरमा समेत पानी छिरेको छ । निरन्तरको वर्षाले खाँडो, त्रियुगा, सप्तकोशी, जिता, बलान, खडक, महुली लगायतका नदी खोलामा पानीको बहाव उच्च भई आसपासका बासिन्दा जोखीममा परेका छन् ।

निरन्तरको वर्षासँगै खाँडो तथा बलान नदीको बहावले पश्चिमी तटबन्ध नजिक कटान थालेको छ । आसपासका बासिन्दालाई सचेत तथा सुरक्षित गरिनुका साथै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : ०२ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा