२० मंसिर २०८२, शनिबार | December 6, 2025

रगतको अभाव रोक्न रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाद्रारा आकस्मिक रक्तदान



बुटवल । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा रगतको माग दैनिक ७० युनिट छ ।

रगत आवश्यक परेका बिरामीहरु केन्द्रमा अस्पतालको सिफारिसमा लिन आउनेको भिड नै हुने गर्दछ । दैनिक रगत खपत हुने केन्द्रमा दाताहरुको पनि अभाव भने छैन । कोरोना भाईरसका कारण चार महिना लामो लकडाउन चलिरहदा यहाको मागलाई सामाजिक संघसंस्थाहरुले आकस्मिक रक्तदान मार्फत पुरा गरिरहेको छ ।

केन्द्रका ल्याब इन्चार्ज तथा सदस्य सचिव जोग बहादुर गुरुङले कार्यालयमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई कुल संकलनमध्ये ५० प्रतिशत खपत हुने बताए । यो क्षेत्रमा मृगौलाका बिरामीहरुको डायलोसिस सेवा शुरु भएसंगै उनिहरुको माग समेत बढेको उनले बताए । ‘सामान्यतया क्यान्सर, थाल्सेमिया, डायलोसिस, मेजर अपरेशन, एनिमिया, सिकलसेल, प्रसुति केसहरुमा रगतको माग छ ।’– उनले भने ।

रुपन्देहीमात्र नभई नारायणगढ, काठमाडौं क्षेत्रमा हुने माग समेत बुटवलले धान्ने गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । ‘आजै ५ युनिट एबी पोजिटिभ रगत चितवन पठाउदै छौ ।’– उनले भने । हरेक दिन जसो रगतको माग बढेको उनले बताए । रगत अभाव रोक्न दैनिक जसो रक्तदान कार्यक्रम जारी रहेको उनले बताए ।

लक डाउन अवधिको ४ महिनामा केन्द्रबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरि ६ हजार ३६ युनिट रगत लगेका छन । चैत महिनामा १ हजार ६४ संकलन भएर १ हजार २ सय ९४ कम्पोनेन्ट सहित खपत भएको छ । यसैगरि बैशाख १ हजार ५ सय १२ संकलन र १ हजार ४ सय ९३ खपत भएको छ । यसैगरि जेठमा १ हजार ४५ युनिट संकलन र १ हजार ४ सय ४९ युनिट खपत भएको छ ।

असारमा १ हजार ५ सय ५८ युनिट संकलन र १ हजार ८ सय युनिट खपत भएको छ । यसैगरि रगत अभावको समस्यामा रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाले शनिबार रक्तदान गरेको छ । रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सहआयोजनामा सोमबार गरिएको आकस्मिक रक्तदानमा ९० युनिट रगत संकलन भएको संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले ब्लड बैकका प्राविधिक प्रमुख राधा शर्मालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रगत अभावमा परेका विरामीहरु बुटवलमा समस्या रहदैन भनेर उदाहरण दिन सफल भएको दाबी गरे । यहाका संघसंस्थाहरु निरन्तर लाग्दा समस्या टरेको उनले बताए ।

कार्यक्रममा एजी खिमानन्द भुषाल, क्लबमा अध्यक्ष गोपाल ज्ञवाली, पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, ओम अर्यालले समाजमा नया कामसहित अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : १७ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ