१३ असार २०८३, शनिबार | June 28, 2026

सञ्चार गृहबाट निस्काशित पत्रकारको तलव भत्ता सरकारले भुक्तानी गर्नुपर्छ : नेपाली कांग्रेस



काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को बाहाना बनाउँदै मिडिया हाउसहरुले पत्रकारलाई निश्कासन गरेकोप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले चासो देखाएको छ ।

पत्रकार महासंघको जारी आन्दोलन र कोभिड १९ का कारण श्रमजीवि पत्रकार र सञ्चारमाध्यमले भोगेका समस्याको विषयमा नेपाली कांग्रेसले पत्रकारहरुसंग अन्तरक्रिया समेत गरेको छ ।

कोरोना संकटको अवस्थामा जागिरबाट निकालिएका श्रमजीवि र सञ्चारमाध्यमहरुको विषयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग कांग्रेसले अन्तरक्रिया गरेको हो ।

कांग्रेसले महासंघका पदाधिकारीहरुसँग छलफल गरेको गर्दै जनताको आवाज बाल्ने श्रमजीविहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने माग समेत गरेको छ । कांग्रेसको तर्फबाट प्रकाशशरण महत, एनपी साउँद, चन्द्र भण्डारी लगायत नेताहरुले महासंघका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

अन्तरक्रियामा बोल्दै कांग्रेस नेता साउदले पत्रकारहरु निकाल्ने सञ्चारमाध्यममा गएर कांग्रेसले सञ्चालकहरुका कुरा सुनिरहेको बताए ।

अर्का कांग्रेस नेता प्रकाशशरण महतले अहिलेको अफ्ठ्यारो अवस्थामा पत्रकारहरुलाई पेशाबाट विस्थापित गर्ने कार्यको विरोध गरे । उनले तत्काल जिम्मेवारीबाट हटाइएका पत्रकारहरुको पुर्नवाहली हुनुपर्ने माग कांग्रेसको रहेको बताए । मिडिया हाउसले पत्रकारहरुलाई पुनस्र्थापना नगर्दासम्म सरकारले तलब र भत्ताको व्यवस्था गर्नुपर्ने बताए ।

अन्तरक्रियामा महासंघका अध्यक्ष गोविन्द आचार्यले जनताको आवाज बोल्ने पत्रकारहरुको जागिर नै खोसिएपछि मिडियाले जनताका समस्या कसरी बोल्छ भन्दै प्रश्न गरेका थिए । उनले २० औं वर्षसम्म अर्बौं नाफा कमाउने सञ्चार माध्यमहरुले अफ्ठ्यारो बेलामा कर्मचारीका लागि १, २ करोड खर्च गर्न नसकेकोमा दुःख ब्यक्त गरे । आचार्यले बाध्य भएर महासंघ कर्मचारी निकाल्ने सञ्चारमाध्यमहरुको दैलोमा धर्ना बसेको स्पष्ट पारे ।

कोरोनालाई बाहाना बनाएर पछिल्लो समय धेरै सञ्चार माध्यमहरुले पत्रकारहरुलाई धमाधम जिम्मेवारी मुक्त गरिरहेका छन् । वर्षौसम्म काम गरिरहेको कर्मचारी र पत्रकारहरु समेत धमाधम जागिरबाट निकालिन थालेपछि महासंघ आन्दोलित भएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : २१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट