२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

सप्तकोशी नदीमा यसवर्षकै उच्चवहाव, नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनको चेतावनी



सुनसरी । माथिल्लो जलाधार क्षेत्रमा अविरल वर्षा कायम रहेसँगै सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।

मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९ सय ७० क्युसेक पुगेको छ । यो मापन यो वर्षकै उच्च भएको कोशी व्यारेज कन्ट्रोल शाखाले जनाएको छ ।

कन्ट्रोल शाखाका अनुसार कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको छ ।

ब्यारेजमा रहेको दुबै तर्फको नहर पनि बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको बताईएको छ ।

पानी पर्ने क्रम नरोकिएकाले पानीको बहाव अझै बढ्न क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

नदीको दुईतिर रहेका सुनसरी र सप्तरी जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बुधबार बिहानसम्म उच्च सतर्कताका साथ रहन वा सुरक्षित स्थानमा जान सर्व साधारणलाई सूचित गरेको छ । प्रहरीले नदी टटीय क्षेत्रका स्थानीयबासीलाई सतर्क रहन माईकिङ गरेर सुचित गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ३२ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा