७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित



काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि आजदेखि देशभरका अस्पतालमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सञ्चालनमा आएका छन् ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो ।

सहमतिसँगै आजदेखि देशभरका अस्पतालमा आकस्मिक सेवासहित सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुन थालेका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो ।

संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएका थिए। सरकारसँग सहमति भएपछि आन्दोलन अन्त्य गर्दै अस्पतालका सबै सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ७ : २४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११