२२ मंसिर २०८०, शुक्रबार | December 8, 2023

हवाइ उडान सञ्चालनबारे जनस्वास्थ्य विज्ञको सुझाव, – कोरोनाको सम्भावित सेकेन्ड वेभबारे सचेत बनौं



सोमबार सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ ।

कोरोना भाइरसको संक्रमण फैलिदो छ । यद्यपी, विश्वभर समुदायस्तरमा संक्रमण देखिए पनि हालसम्म नेपाल भने सुरक्षित नै छ ।

तर, अन्तर्राष्ट्रिय उडान गर्ने बित्तिकै नेपाललाई कोरोना संक्रमणबाट सुरक्षित राख्न चुनौती थपिने छ । भारत लगायत विभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा ह्वात्तै बढेर जानेछ । ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनहरुले बताएका छन् ।

सरकारले हवाइ उडान गर्ने बताए पनि यसलाई कसरी सुरक्षित तरिकाले संचालन गर्न सकिन्छ त भन्नेमा सरकारको ध्यान जान जरुरी छ । यसबारे जनस्वस्थ विज्ञ डा. रवीन्द्र पाण्डेको सुझाव यस्तो छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

सरकारले हवाइ उडानलाई संचालन गर्दा :

१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने ।

२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्ने ।

३. कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने ।

यो महामारी र सम्भावित सेकेन्ड वेभ (कार्तिक र मङ्सिरदेखि सुरु हुनसक्ने) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ ।

चाडपर्वको लागि २/३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ । उनीहरुलाई राख्ने होल्डिंग सेन्टर र क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ ।

हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा व्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् ।

अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म बिकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं ।

नेपाली कामदार, विद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : १२ बजे

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved

एनसेल खरिदबिक्री विरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं। एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले

आफू प्रधानमन्त्री रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिन्न : प्रचण्ड

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज,