८ आश्विन २०८०, सोमबार | September 25, 2023

घरबाटै अफिस व्यवसाय चलाउँदै हुनुहुन्छ ? नेपाल टेलिकमको कल ट्रान्सफर सेवा आजै लिनुस



काठमाडौं । नेपाल टेलिकमले घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई सहयोग पुग्नेगरी कल ट्रान्सफर सेवा प्रयोग गर्न आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ ।

टेलिकमले कोरोना भाइरसको महामारीका कारण विश्वभरी नै व्यवसायको निरन्तरता दिने शैलीमा परिवर्तन आएको समयमा आफ्ना ग्राहकलाई कल ट्रान्सफर सेवा उपयोगी हुने जानकारी स्मरण गराएको हो ।

ग्राहक वा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने अवस्थामा यो सेवाबाट सहयोग मिल्ने टेलिकमले जनाएको छ ।

सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले Call Transfer गर्न सक्छन् ।

यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।

यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ ।

सेवा प्राप्त भएपछि ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी Direct Call Transfer अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा Transfer हुने व्यवस्था मिलाउन सक्छन् ।

कल गरिएको नम्बर व्यस्त भएमा द्यगकथ त्चबलकाभच अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा Transfer हुने तथा No Answer Transfer मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा Transfer  हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ ।

Call Transfer वा अन्य प्रयोजनका लागि प्रयोग हुने Lock Code ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ ।

यी सुविधाहरु देशभरका नेपाल टेलिकमका Landline नम्बरहरुमा उपलब्ध छन् । सबै सुविधाहरु Activation र Deactivation  गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही Keyword हरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ntc.net.np बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ३८ बजे

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect

बुटवलमा मोहम्मद डे को तयारी पुरा, आज हाजिरीजवाफ सम्पन्न

बुटवल । बुटवलको मुस्लिम समुदायले यस वर्षको १४९८ औं महोहम्मद