१४ आश्विन २०८०, आइतबार | October 1, 2023

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक विदेशी नागरिकको मृत्यु, मृत्यु हुनेमा चिनियाँ महिला



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।

पोखरामा बस्दै आएकी चिनियाँ ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाबाट आज बिहान मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकोप्टरमार्फत पोखराबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकी ती महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा उनको त्यही मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको मृत्युबारे अस्पताल र स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गरिसकेको छैन । कोरोनाका कारण नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो नै पहिलो घटना हो ।

गएराति महोत्तरीका एक जना पुरुषको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : ५३ बजे

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी

माल्दिभ्समा भारत विरोधी मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी

रहेनन् ओखलढुङ्गा जिसस प्रमुख डिल्लीराम खनाल

ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको