१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक विदेशी नागरिकको मृत्यु, मृत्यु हुनेमा चिनियाँ महिला



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।

पोखरामा बस्दै आएकी चिनियाँ ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाबाट आज बिहान मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकोप्टरमार्फत पोखराबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकी ती महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा उनको त्यही मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको मृत्युबारे अस्पताल र स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गरिसकेको छैन । कोरोनाका कारण नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो नै पहिलो घटना हो ।

गएराति महोत्तरीका एक जना पुरुषको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : ५३ बजे

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र