१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

दाङका बस्नेतले बुझे भूमिसम्बन्धी समस्या समाधान आयोग सदस्यको मनोनयन



बुटवल । संघीय सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई आज सदस्य पदको मनोनयन प्रदान गरिएको छ ।

प्रदेश ५ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरेको थियो ।

संघिय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धि प्रदेश सरकारले १ जना सदस्य मनोनयन गर्ने ब्यवस्था भए अनुसार प्रदेश मन्त्रिपरिषदले बस्नेतलाई सदस्यमा मनोनयन गरेको हो ।

आदेशमा संघिय सरकारले अध्यक्षसहित १ जना विज्ञ समावेश हुने गरी ४ जना सदस्य तथा नेपाल सरकारको राजत्राङ्कीत प्रथम श्रेणीका अधिकृत सदस्य सचिव रहने गरी आयोग गठन गर्ने ब्यवस्था गरिएको छ ।

संघीय सरकारले चितवनका देवी ज्ञवालीको अध्यक्षतामा भिमबहादुर कार्की (पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) सदस्य रहेको आयोग यस अघि नै गठन गरिसकेको छ ।

बस्नेतलाई प्रदेश ५ सरकारकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मनोनयन पत्र प्रदान गरेकी थिईन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : ३६ बजे

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु