१० आश्विन २०८०, बुधबार | September 27, 2023

भारतमा एकैदिन ४५ हजारभन्दा बढी संक्रमित, एक हजार बढीको मृत्यु



काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

बुधबारमात्रै थप २ लाख ७८ हजार ९ सय २ जना नयाँ संक्रमित थपिएका छन् भने ७ हजार १ सय १७ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा थपिएका छन् त्यसपछि ब्राजिलमा धेरै संक्रमित थपिएका छन् ।

अमेरिकामा चौबिस घण्टामा ७१ हजार ५ सय १ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार १ सय ४२ पुगेको छ भने ४१ लाख ७० जना संक्रमित छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कोरोना भाइरस समाप्त हुनुअघि झन् भयावह हुनसक्ने बताएका थिए ।

ब्राजिलमा एकदिनमा कोरोनाका कारण १ हजार २ सय ९३ जनाको ज्यान गएको छ भने ६५ हजार ३ सय ३९ जनाक नयाँ संक्रमित भेटिएका छन् ।

ब्राजिलमा बिहीबार बिहानसम्म भाइरसका कारण  ८२ हजार ८ सय ९० जनाको मृत्यु भइकेको छ भने २२ लाख ३१ हजार ८ सय ७१ जनामा संक्रमण रहेको पाइएको छ ।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो  नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा १ हजार १ सय २० जनाको मृत्यु भएको छ भने ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९हजार ८ सय ९०  पुगेको छ भने  १२ लाख ३९ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ ।

भारतमा रहेका संक्रमितमध्ये ७ लाख ८४ हजार २ सय ६६ जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ ।
भारतपछि कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्यु मेक्सिकोमा भएको छ ।

बितेका चौबिस घण्टामा मेक्सिकोमा कोरोनाका कारण ९ सय १५ जनाको ज्यान गएको छ भने ६ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा हालसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार ४ सय पुगेको छ भने ३ लाख ५६ हजजार २ सय ५छ जना संक्रमित छन् ।

दक्षिण अफ्रिकामा एकदिनमा ५ सय ७२ जनाको ज्यान गएको छ भने १३ हजार १ सय ५० जना संक्रमित थपिएका छन् । दक्षिण अफ्रिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ४० पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९४ हजार ९ सय ४८ रहेको छ ।

त्यस्तै इरानमा एकदिनमा २ सय १९ जनामो भाइरसका कारण मृत्यु भएको छ भने २ हजार ५ सय ८६ नयाँ संक्रमित थपिएका छन् ।

इरानमा हालसम्म भाइरसबाट १४ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ४ सयढ १३ जना संक्रमित छन् ।

रुसमा एकदिनमा १ सय ६५ जनामो ज्यान गएको छ भने ५ हजार ८ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । रुसमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ८९ हजार १ सय ९० जान छ ।

कोरोना भाइरसका कारण विश्वभर ६लाख २९ हजार २ सय ९८ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ६४ हजार १ सय २० जना संक्रमित छन् । संक्रमितमध्ये ९३ लाख ४३ हजार ७ सय १५ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : १० बजे

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone