२० आश्विन २०८३, मंगलबार | October 7, 2026

सञ्चार माध्यममा आएका समाचारप्रति भ्रममा नपर्न प्रचण्ड सचिवालयको आग्रह



काठामाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुको बारेमा आएका भ्रामक समाचारको खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बिहीबार सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यको सम्बन्ध केही दिनयता विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ’ सापकोटाले भनेका छन् ।

‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ । पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं ‘भन्दै अध्यक्ष प्रचण्डको सचिवालयले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते