१४ आश्विन २०८०, आइतबार | October 1, 2023

रुकुममा भाईले गरे दाईको हत्या, चक्कु प्रहार गरि दाईको हत्या गर्ने भाई प्रहरी नियन्त्रणमा



रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चक्कु प्रहार गरी आफनै भाईले दाईको हत्या गरेका छन ।

नगरको वडा नम्वर ९ गुर्तालगाउँ निवासी ३५ वर्षिय भुपेन्द्र मल्लले ४५ वर्षिय दाई हरि वहादुर मल्लको चक्कु प्रहार गरी हत्या गरेको ईलाका प्रहारी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।
१७ वर्ष पहिले देखि मानसिक सुन्तुलन गुमाएका भनिएका हरि वहादुर मल्ल सोही गाउँमा विवाहित दिदीको घरमा खानाखाने र वेलुका आफनो कोठामा आएर सुत्नेगरेको वडा नम्वर ९ का वडा सदस्य कृष्ण मल्लले वताए ।

वडा सदस्य मल्लका अनुसार मृतकका भाई भुपेन्द्र ६ वर्ष पछि हालै छिमेकि देश भारतवाट घर आएका थिए । गत श्रावण ४ गते दिदिको घर वाट वेलुका खानखाएर सुत्न कोठामा आएका मल्ल ५ गते विहान र वेलुकाको खानाखान नगएपछि उनको खोजी गरीएको थियो ।

खोजीको क्रममा ६ गते विहान मल्लको घर गएका आफन्तले मकैवारीमा उनको सव मृतअवस्थामा भेटाएपछि वडा कार्यालय मार्फत प्रहरीलाई खवर गरिएको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिए ।

दुई भाई विचमा विभिन्न समयमा वादविवाद हुने गरेको भन्दै तीनीहरुको आमा समेत घर नबसी बिबाहित छोरीको घरमा बस्दै आएकी थिईन् । आफुलाई पनि छोराहरुले हातपात गर्दै आएकोले आफु छोरीको घरमा वस्दै आएको मृतक मल्लको आमाले बताईन् ।

हत्यामा संलग्न मृतकका भाई भागेर जाजरकोट आफन्तको घरमा गएको अवस्थामा रुकुम प्रहरीले वुधवार नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह विष्टले जानकारी दिएका छन् ।

चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा जिल्ला प्रहरी प्रमुख रुकुम पश्चिमका डिएसपी ठग वहादुर के.सी.लगाएतको टोली आज घटना स्थालमा पुगेर घटनाको अनुसुन्धान गरेको प्रहरीले जनाएको छ ।

घटना स्थलको निरिक्षणको क्रममा मृतक सुत्ने कोठा रक्ताम्य भएको कपडा जलाएको र शव घर नजिकैको मकैवारीमा खाल्डो खनेर शरिरको केहि भाग पुरीएको अवस्थामा फेला परेको डिएसपी ठग वहादुर के.सीले जानकारी दिए ।

घटनामा सलंग्न मृतकका भाईले आफुले स्टीलको धारीलो चक्कुले घाँटी रेटेर हत्या गरेको र उक्त हतियार जाजरकोट आफन्तकोमा जानेवेला भेरी नदिमा फालेको स्वीकार गरेका छन ।
हत्यामा संलग्न भुपेन्द्र मल्ल लाई प्रहरीले आजै जिल्ला चलान गरेको छ भने मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : ०७ बजे

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी

माल्दिभ्समा भारत विरोधी मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी

रहेनन् ओखलढुङ्गा जिसस प्रमुख डिल्लीराम खनाल

ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको