१६ मंसिर २०८०, शनिबार | December 2, 2023

आईओएफटीसीमा नेपाललाई ४ स्वर्ण



काठमाडौं । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ काश्य पदक जितेको छ ।

नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जिते । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । ३० वर्षको विधामा कमल पहिलो बने । जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले काश्य पदक हात पारे । जित र प्रेम १३ औं सागका काश्य विजेता हुन् ।

महिला ३० वर्षको इभेन्टमा पार्वती पहिलो भइन् । सो इभेन्टमा नेपालकी सजिंला तिमल्सिनाले काश्य पदक जितिन् । यसैगरी, ७ वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । सो विधामा निकुन प्रतिद्वन्द्वीविहीन थिए । एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर गर्नुभयो । महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् । पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले काश्य पदक हात पारे ।

एघार वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले काश्य पदक प्राप्त गरे । महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई तेस्रो स्थान प्राप्त भयो । १७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले काशय पदक पाए । ४० वर्षको उमेरसमूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले काश्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बाहेरा काश्यमा सीमित भए । ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे ।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो । नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरुको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिा आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । १३ औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ९ : ०३ बजे

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको