५ पुस २०८२, शनिबार | December 20, 2025

स्याङजाको कालीगण्डकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक वृद्धाको मृत्यु



स्याङजा । स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ ठाटी भञ्ज्याङमा रोकेर राखेको ट्याक्टर अचानक गुडदा एकजना वृद्धाको मृत्यु भएको छ ।

बिहिबार बेलुका करिब साढे नौ बजे ठाटी भञ्ज्याङमा रोकिराखेको लु ३ त ४२०१ नम्बरको ट्याक्टर अचानक अगाडी बढ्दा नजिकैको होटलमा ठोक्किएर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

बाटोमा रोकीराखेको ट्याक्टर एक्कासि हुत्तिएर अगाडी आएको र बाटोको साइडमा रहेको होटलमा बसिरहेकी कालीगण्डकी गाउँपालिका वडा नम्बर १ टुन्कोट निवासी ७७ वर्षीय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको थियो ।

उनलाई उपचारको लागी पाल्पाको मिसन अस्पतालमा लगिए पनि बाटोमै उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरले बताए । उनको टाउको र हातमा चोट लागेको थियो । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

विगत केही दिन यता परेको अबिरल बर्षाका कारण मिर्मि कारीकोट मोटरबाटोमा पहिरोले जादा बाटो अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको