११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

स्याङजाको कालीगण्डकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक वृद्धाको मृत्यु



स्याङजा । स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ ठाटी भञ्ज्याङमा रोकेर राखेको ट्याक्टर अचानक गुडदा एकजना वृद्धाको मृत्यु भएको छ ।

बिहिबार बेलुका करिब साढे नौ बजे ठाटी भञ्ज्याङमा रोकिराखेको लु ३ त ४२०१ नम्बरको ट्याक्टर अचानक अगाडी बढ्दा नजिकैको होटलमा ठोक्किएर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

बाटोमा रोकीराखेको ट्याक्टर एक्कासि हुत्तिएर अगाडी आएको र बाटोको साइडमा रहेको होटलमा बसिरहेकी कालीगण्डकी गाउँपालिका वडा नम्बर १ टुन्कोट निवासी ७७ वर्षीय कृष्ण कुमारी रेश्मीलाई ठक्कर दिएको थियो ।

उनलाई उपचारको लागी पाल्पाको मिसन अस्पतालमा लगिए पनि बाटोमै उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरले बताए । उनको टाउको र हातमा चोट लागेको थियो । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

विगत केही दिन यता परेको अबिरल बर्षाका कारण मिर्मि कारीकोट मोटरबाटोमा पहिरोले जादा बाटो अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ११ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र