४ पुस २०८२, शुक्रबार | December 20, 2025

माइतीघरमा लाग्यो नारा, – ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’



काठमाडौ । पत्नी हत्या गर्ने पूर्व डीआईजीलाई जेलमुक्त गर्ने फैसलामा संलग्न प्रधानन्यायाधीस र न्यायाधीसलाई महाअभियोग लगाउन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानको नाममा शुक्रबार प्रदर्शन भएको हो । प्रदर्शनकारीले ‘भागवण्डाको गोटीले उन्मुक्ति पाए भेटीले’, ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘अदालतभित्रको एनजीओ बन्द गर’जस्ता प्लेकार्ड बोलेका थिए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा र न्यायाधीस तेजबहादुर केसीको इजलासले २०६८ सालमा पत्नीको विभत्स हत्या गरेका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन गर्दै डिल्लीबजार जेल प्रशासनले कोइरालालाई बिहीबार रिहा गरिसकेको छ । यद्यपी, अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दर्ता गराइसकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको