२५ मंसिर २०८०, सोमबार | December 11, 2023

उम्मेदवारको आर्थिक र सामाजिक हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक र राजनीतिक तथा कानुनी विगत र वर्तमान अवस्थाको प्रस्ट विवरण पेस गरेर मात्रै उम्मेदवार बन्न पाउनुपर्ने माग गर्दैै सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले उम्मेदवार बन्दा आर्थिक अवस्था र सामाजिक अवस्था प्रस्ट खुल्नेगरी निर्वाचन आयोगले कार्य गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका छन् । निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर रिटमा उम्मेदवारको प्रस्ट विवरण माग्नुपर्ने त्यस्तो विवरण गलत वा झुट्टो भएमा उम्मेदवार एवं निर्वाचित पद समाप्त हुनेगरी कानुनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्नु भनी परमादेशको माग गरेका छन् ।

त्यस्तै, राजनीतिमा भएको अपराध र अपराधको राजनीतीकरण रोक्न व्यापक अध्ययन अनुसन्धान गरी कानुनी संरचना गर्न आवश्यक पर्ने कार्य गर्नुपर्ने रिट निवेदनमा माग गरेका छन् । ४ मंसिरको निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गर्नु र मतदाताको जानकारीका लागि प्रत्येक उम्मेदवारलाई शैक्षिक योग्यता, फौजदारी कसुरमा मुद्दा चलेको वा सजाय पाएको अवस्था हेर्नुपर्ने रिटमा उल्लेख छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : १९ बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका

एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

मुम्बइ । विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर