२९ माघ २०८१, मंगलबार | February 11, 2025

न्यायमूर्तिकै धर्मकाँटा धर्मर



काठमाडौं । १५ जेठ, २०६५ मा गणतन्त्र स्थापनापछि मुलुकले १३ जना प्रधानन्यायाधीश पाइसकेको छ । उनीहरूले न्यायक्षेत्रको आमूल सुधारको लागि खासै पहल गर्न सकेनन् उल्टै गणतन्त्र स्थापनापछिका सर्वोच्चको धर्मकाँटा सम्हाल्न पुगेका १३ प्रधानन्यायाधीश कुनै न कुनै विवादमा फसिरहे ।

प्रधानन्यायाधीशले नै निष्पक्ष न्याय दिन र सुशासन कायम गर्न नसकेपछि स्वच्छ न्यायालयप्रति जनताको विश्वास घट्दै गयो । न्यायको तराजु समातेर बस्ने न्यायाधीश नै राजनीतिक दलको प्रभावमा पर्दा न्यायालयमा बेथितिको चाङ थुप्रन पुग्यो ।

१५ वर्षमा न्यायालयबाट न्याय प्राप्त गरेको भन्दा हराएको वा बाटो बिराएको महसुस बढी गर्नु परिरहेको छ । संविधानको धारा १ सय २९ कै उपधारा (३) मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्त हुन योग्य हुनेछ’ भनी लेखिएको छ । न्यायालयबाटै भ्रष्टाचार र अनियमिततालाई उन्मुक्ति दिने काम हुँदा अस्थिरतालाई झन् सहयोग पु¥याइरहेको कानुन व्यवसायी तुलसी सिमखडा बताउँछन् ।

सर्वोच्चको प्रधानन्यायाधीश भएपछि धेरैले एउटै प्रतिबद्धता जनाए, न्यायालयमा देखिएको बेथिति अन्त्य गर्ने र भ्रष्टाचार नियन्त्रण । सबैले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाए । तर, प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको एक महिनापछि सर्वोच्चमा बिचौलियाको रजगज हुँदा भ्रष्टाचार र बेथितिको चाङ थुप्रिँदै आएको हो ।

सर्वोच्चमा मुद्दा पेसी व्यवस्थापनदेखि सेटिङ हुने र बिचौलियामा वकिलदेखि पत्रकारसम्म देखिएको भन्ने कुरा सर्वोच्च अदालत आफैंले गठन गरेको न्यायालय शुद्धीकरणका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिको प्रतिवेदनले समेत औंल्याइसकेको छ । विस्तृत समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : १३ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा