२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

अध्यक्ष प्रचण्डको ठोकुवा,– ‘प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले दर्ता भयो’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको प्रकृया प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्षको पहल र सक्रियातामा सुरु भएको दाबी गरेका हुन् ।

पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रकृया सुरु हुनु र देशभरी जिन्दावाद, मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रष्ट पार्ने प्रचण्डले जिकिर गरे ।

प्रचण्डले भने, ‘‘पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भने भने त्यो सत्य होइन पार्टी संकटमा छ । किनकी हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले नाममा पार्टी दर्ताको प्रकृया हाम्रो पार्टीका अर्का अध्यक्ष समेतको सक्रियता र पहलमा भएको छ । त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ ।’’,

प्रचण्डले देशभरबाट पार्टी के हुन्छ भन्दै साथीहरुले साधेको बताउँदै केही समय धैर्य लिन र एकताको पक्षमा उभिन निर्देशन दिएको बताए । उनले भने, ‘पार्टीलाई कसरी एकतावद्ध गर्ने पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौँ तर देशभरी जुलुस भएको छ ।’

अध्यक्ष प्रचण्डले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत जिकिर गरे ।

पार्टीले निर्णय गरेर दबाव दिएका कारण प्रधानमन्त्री ओली बल्ल सहमत भएको उल्लेख गर्दै प्रचण्डले मंसिरमा पार्टीको स्थायी समिति र माघका केन्द्रीय समितिबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरेपनि सरकारले ‘नक्सा जारी गर्ने होइन भूमि फिर्ता गर्ने ठूलो कुरा हो’ भनेर भनेको स्मरण गरे ।

अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरुले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार भएको बताउनुभयो ।

प्रचण्डले पार्टीको विवेकले सत्ता सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो गरे । सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था आएमा कम्युनिष्ट पार्टीको मान्यतावितपरित हुन आउने उलने जिकिर गरे ।

कम्युनिष्ट पार्टीमा समूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर हिड्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ४६ बजे

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

पर्वतमा अफ्रिकन स्वाइन फिभरले ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन