२२ चैत्र २०८२, आइतबार | April 6, 2026

भाषा उत्पत्तीको उदगम जुम्लाको सिंजा; राज्यले ‘माल पाएर चाल नपाएको’ अलौकिक सम्पदा



नेपालको भुगोल भित्र परेर पनि सयौ वर्षदेखि नेपाली हुनुको अनुभुती पाउन नसकेको क्षेत्र हो कर्णाली क्षेत्र । राज्यले कर्णालीलाई नेपाल त भन्छ, तर राज्यले दिनुपर्ने सामान्य अवसर समेत दिन सकेको छैन । जहाँ राज्यका मान्छेहरु केवल भोट माग्ने बेलामा पुग्दछन् र त्यहाँका जनताहरुले दिएको मतलाई भजाएर शहरमा महल बनाउने गर्दछन् ।

कर्णालीले राज्यसँग न्याय मागेको सयौ बर्ष बितिसकेको छ । कर्णालीका जनताले राज्यसँग गाँस, बास र कपास मागेको दशकौं बितिसक्यो र कर्णालीका जनताले राज्यसँग सामान्य जरो आउँदा खाने सिटामोल मागेको बर्षैा बितिसक्यो । तर नेपालका कुनै सरकारले सुनेन कर्णालीलाई । राज्य एकीकरणमा एकै पटकमा युद्ध जित्न नसकेको झोंकमा बहादुर शाहका पालादेखि राज्यले गर्न थालेको सौतेलो व्यवहार राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रसम्म आईपुग्दा जस्ताको तस्तै रहेको छ ।

संघीयता स्थापना हुनै लाग्दा पनि जुम्लीहरुले प्रदेशको राजधानी मागेका थिए । कर्णाली प्रदेशको मध्य भागमा पर्ने भएकाले जुम्लालाई प्रदेशको राजधानी बनाउनुपर्ने आवाज उठेको थियो, तर राज्य र नेताहरुले फेरी पनि सुनेनन् । प्रदेशको एउटा छेउ सुर्खेतमा लगेर प्रदेशको राजधानी बनाईयो ।

धार्मीक, सांस्कृतिक र पुरातात्वीक हिसाबले ऐतिहासिक जुम्लाको सिंजा क्षेत्र सरकारको सौतेलो व्यवहारका कारण सधैं पछाडि परिरहेको छ । नेपालको राष्ट्रिय भाषा उत्पत्तीको सवाल होस वा महाभारत र स्वस्थानी ब्रत कथाको प्रमुख स्थलको रुपमा सिंजा चर्चित रहेको छ ।

संघीयता स्थापना हुनै लाग्दा पनि जुम्लीहरुले प्रदेशको राजधानी मागेका थिए । कर्णाली प्रदेशको मध्य भागमा पर्ने भएकाले जुम्लालाई प्रदेशको राजधानी बनाउनुपर्ने आवाज उठेको थियो, तर राज्य र नेताहरुले फेरी पनि सुनेनन् । प्रदेशको एउटा छेउ सुर्खेतमा लगेर प्रदेशको राजधानी बनाईयो ।

सिंजा पुग्न यात्रुहरुले अलग अलग तीन वटा बाटो तय गर्न सक्दछन् । पहिलो बाटो हो सुर्खेत जुम्ला सडक खण्डको मुगुको सदरमुकाम गमगढी पुग्ने निर्माणाधीन सडक जो कालिकोटको नाग्मा बजारबाट सिधै पश्चिमतर्फ जाने गर्दछ । नाग्माबाट बड्की हुदै आचार्यलिही निस्केर जाने मोटर बाटो । दोस्रो बाटो हो जुम्लाको सदरमुकाम खलङ्गाबाट कर्णाली प्राविधिक शिक्षालय हुंदै डाँफे लेकबाट उकालो चढेर जङ्गलको बाटो काटेर जाने बाटो जुन निकै विकट र कठिन छ । तर स्थानीयबासीहरु भने यहि बाटो हुँदै सिंजा पुग्ने गर्दछन् । तेस्रो बाटो होे मोफ्लाको उकालो हुँदै धितालबाडाको छेउबाट जाने बाटो । जुम्लाको अर्को प्रसिद्धस्थल तातोपानीबाट सुरु हुने मोफ्लाको उकालो पनि सिंजा जाने एउटा वैकल्पिक बाटो हो ।

सामान्यतया सिंजालाई स्थानीयबासीले दुई भागमा बाँडेका छन् । सिंजा र हाट सिंजा । सिंजा जाने सडक जति कठिन छ त्यति नै रमणीय पनि छ । देउरालीबाट ठाडै ओराली झरेर मोफ्ला पुगे पछि पुनः समथर बाटो भेट्न सकिन्छ । धार्मिक हिसाबले प्रसिद्ध सिंजा पुग्ने सडकमा रहेको ऐतिहासिक किम्बदन्तीहरुले हिँडाईलाई अझै सहज बनाउंदछ ।

पाण्डु गुफा

महाभारत कथामा पाँच पाण्डवहरुले गुप्तबास बसेको गुफा । महाभारत कथाका अनुसार यसै गुफामा पाँच पाण्डवहरुले लामो समय गुप्तबास बिताएका थिए । गुफा साँघुरो छ तर गुफाभित्र छिर्दा पाँच जना अलग अलग बस्न मिल्ने आसनको आकार स्पष्ट देख्न सकिन्छ । भनिन्छ जुम्लाको प्रसिद्ध बिराट दरबारसम्म यो गुफाको सम्बन्ध बनेको छ । बिराट दरबारबाट बोलेको गुफासम्म आवाज आउने गर्दथ्यो भन्ने किम्बदन्ती सुन्न पाईन्छ ।

किच्चक बध

पाण्डु गुफाकै पारिपट्टी एउटा मौला रहेको छ जहाँ पाण्डव भाइ भिमले किच्चक नामको दैंत्यको हत्या गरेका थिए भन्ने किम्बदन्ती रहेको छ । पाण्डु गुफाकै नजिक केही लेखिएको जस्तो ठुला ठुला ढुङ्गाहरु पनि रहेको छ । तर नेपालका इतिहास अन्वेषकहरुले यो लिखौटका विषयमा अझै कुनै अनुसन्धान सार्वजनिक गरेको पाइएको छैन । महाभारत कथामा किच्चक बधलाई रमाईलो वर्णन गरेको छ ।

महाभारत कालीन एक कथा अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू विभिन्न छद्म नामले गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबभन्दा बलशाली भीमसेन किच्चकसँग भिड्न कस्सिएछन् र भिमसेनले किच्चकको बध गर्न उसलाई खेद्न थालेछन। यसरी खेद्दै किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर मारेछन् र त्यस स्थानलाई किच्चकबध भनियो । यद्देपी नेपालको झापा जिल्लामा रहेको किच्चक बध क्षेत्रलाई पुरातत्व विभागले उत्खनन गरिरहेको छ ।

कनका सुन्दरी मन्दिर
सिंजाको अर्को चर्चित स्थान हो कनका सुन्दरिको मन्दिर । हाट सिंजामा रहेको यस मन्दिर तत्कालीन खस राजाको ईष्ट देवताका रुपमा समेत रहेको भनिन्छ । स्वस्थानी ब्रतकथामा माहादेवका पत्नी सतिदेवीको जिब्रो पतन भएकाले यसलाई जलपादेवी मन्दिर समेत भन्ने गरिन्छ । यस मन्दिरमा जलपादेबी शक्ति पिठ जलपेश्वर महादेवको पुजा गर्ने प्रचलन रहेको कथामा भनिएको छ । बडा दशैको अस्टमीमा यहाँ ठूलो मेला लाग्ने गरेको छ ।

बहादुर शाहले आक्रमण गर्नु अघि सामान्य चलन चल्तीका रुपमा रहेको खस भाषालाई आक्रमण गर्न आउने दुश्मन सेनालाई झुक्याउन भाषाको विकास गर्ने मन्दिरको पुजारीको सल्लाह अनुसार तत्कालिन राजाले खस भाषाको वर्ण विकास गरेको इतिहासकारहरु बताउने गर्दछन् । कनाका सुन्दरी मन्दिरलाई त्यसैले पनि खस भाषा हुँदै आधुनिक नेपाली भाषाको उदगम स्थल भनिएको हो ।

हराए शिलालेख र ताम्रपत्रहरु
अहिले मन्दिरमा तत्काल भेटिएको ताम्रपत्र र शिलालेखहरु हराइसकेका छन् । तत्कालीन माओवादीको सशस्त्र युद्धताका मन्दिर असुरक्षित भएको भन्दै र मन्दिरका पुराना पुजारीका सन्ततीहरुले त्यहाँ रहेका ऐतिहासिक शिलालेखहरु वेपत्ता बनाएका छन् ।

खस राज्यको तत्कालीन ताम्रपत्र र शिलालेखहरु बिदेशीहरुलाई बेचिएको अनुमान गरिएको छ । ऐतिहासिक प्रमाणहरु भारतको सिक्किम, बेलायतको संग्रालय र चाईनाको संग्रालयमा रहेको बताईन्छ ।

गडवालबाट तिब्बत हुँदै जुम्ला आइपुगेका नागराजले जुम्लाको सिंजालाई आफ्नो राजधानी बनाएका थिए । राजा नागराज कै पालामा तिब्बत र गडवालबाट राज्यको कर बापत सुन बुझाउन सिंजा पुग्नुपर्ने प्रचलन रहेको थियो भन्ने इतिहासकारहरुको भनाइ रहेकोछ । उनीहरुका अनुसार तिब्बतबाट ६ धार्नी र गडवालबाट ७ धार्नी सुन कर बापत सिजाका राजालाई बुझाउनु पर्दथ्यो ।

नेपाली भाषाका उत्पत्तीका लिखत प्रमाणहरु समेत राज्यले संरक्षण गर्न नसक्दा अहिले सबै प्रमाणहरु बिदेशी संग्रालयमा पुगिसकेको छ । जुन भाषा हामीले बोलिरहेका छौ त्यहि भाषाको समेत संरक्षणमा ध्यान दिन राज्य हिच्किचाईरहेको छ । विकशित मुलुकहरुले हजारौ वर्ष अगाडिका इतिहास अन्वेषण गरेर नयाँ उर्जा लिईरहेका बेला नेपालका शासकहरु भने आफ्नै देशका इतिहासका प्रमाण बेचेर स्वार्थ सिद्ध गरिरहेका छन् अनि कसरी हुन्छ देशको विकास ?


जुम्लाको कर्णाली शब्दसँगको साईनो

जुम्ला कुनै बेला खस राज्यको राजधानी मानिन्थ्यो । एकीकरणपूर्व खस राजाहरुले राज्य गरेको जुम्ला पौराणिक रुपमा जालन्धर राजाको राज्यका रुपमा पनि रहेको किम्बदन्ती रहेको छ । तर आधुनिक जुम्लाका पहिलो राजा नागराज रहेको इतिहासबाट पुष्टि भएको छ ।

गडवालबाट तिब्बत हुँदै जुम्ला आइपुगेका नागराजले जुम्लाको सिंजालाई आफ्नो राजधानी बनाएका थिए । राजा नागराज कै पालामा तिब्बत र गडवालबाट राज्यको कर बापत सुन बुझाउन सिंजा पुग्नुपर्ने प्रचलन रहेको थियो भन्ने इतिहासकारहरुको भनाइ रहेकोछ । उनीहरुका अनुसार तिब्बतबाट ६ धार्नी र गडवालबाट ७ धार्नी सुन कर बापत सिजाका राजालाई बुझाउनु पर्दथ्यो ।

कर बुझाउने नाका भएका कारण करनाली नाम रहन गएको समेत केही पूर्वजहरुको कथन रहेको छ । करनाली लाई पछि अपभ्रंस भई कर्णाली नाम रहन गएको भनिन्छ ।

नागराज पछि जुम्लामा करासितल्ल राजा बने त्यस पछि कराधी तल्ल , त्यसपछि अशोक तल्ल राजा बनेका थिए । त्यस यता केही बर्ष मल्लहरुले समेत जुम्लामा राज्य गरेका थिए । एकीकरणताका भने खस राज्यमा सुर्यभान शाहीले राज्य चलाएको इतिहासमा लेखीएको छ । राजा नागराजले स्थापना गरेको खस राज्यबाट नै खस भाषाको प्रचलनमा आएको र त्यही खस भाषालाई आधुनिक नेपालका राजा पृथ्बीनारायण शाहले पछि राष्ट्रिय भाषा नेपाली बनाएका थिए भनीन्छ ।

जुम्लाको सिंजाबाट खस भाषाको उत्पत्ती भएको त प्रमाणित भै सकेको छ । एकीकरण यता तत्कालीन राजा महाराजाहरुले बोलेका भाषा र लेखीएका शिलालेखमा पनि जुम्लामा हाल सम्म प्रचलनमा रहेको भाषा संग मिल्ने भाषा प्रयोग भएकाले नेपाली भाषाको उदगम स्थल जुम्ला हो भन्न सकिने प्रसस्त प्रमाण देख्न सकिन्छ ।

“घुस लिन्या र दिन्या भनेका मुलुकका सत्रु हुन् । ” र “नेपाल हाम्रा साना दुःखले आज्र्याका मुलुक होईनन् सबैलाई चेतना भया । ”जस्ता पृथ्बी नारायण शाहका उक्तीहरुमा प्रयोग भएका भाषिक शैली आज पनि जुम्लामा प्रचलनमा रहेको छ ।

बिक्रम सम्बत १८४६मा तत्कालिन खस राज्यका राजा सुर्यभान शाहीमाथी गोरखाका राजा बाहादुर शाहले दुई पटक सम्म आक्रमण गर्दा पनि बिजय हासिल गर्न सकेका थिएनन् । त्यसै ताका दशैको बेला पारी सिजाली दरबारका सम्पुर्ण सेना र भाईभारदारहरु छुट्टिमा घर बसेको मौका छोपि गरेको आक्रमणबाट मात्र बाहादुर शाहले खस राज्यको राजधानी सिजामाथी बिजय प्राप्त गर्न सकेका थिए । तत्काल सिजा दरबारका सेनापतिमा राजा सुर्यभानका काका शुभान सिंह रहेका थिए । आक्रमणका क्रममा तीन तर्फबाट आगो लगाई दरबारको माथील्लोभागबाट गोरखाली सेनाले आक्रमण सुरु गरेको थियो । आगलागीकै कारण तत्कालीन दरबारको सबै कलाकृतीहरु तत्कालै नष्ट भएका थिए भनीन्छ ।

“घुस लिन्या र दिन्या भनेका मुलुकका सत्रु हुन् । ” र “नेपाल हाम्रा साना दुःखले आज्र्याका मुलुक होईनन् सबैलाई चेतना भया । ”जस्ता पृथ्बी नारायण शाहका उक्तीहरुमा प्रयोग भएका भाषिक शैली आज पनि जुम्लामा प्रचलनमा रहेको छ ।

सिंजाको अग्लो भुभागलाई रोजेर बनाईएको दरबारको छेउछाउमा अन्य साना भवनहरुको अवशेषहरु पनि स्पष्ट देख्न सकिन्छ । भवनहरुको छेउमै सुरक्षा पोष्टको समेत अवशेष रहेको छ । दरबारकै छेउमा तत्कालिन राजाको ईष्ट देब कनका सुन्दरीको मन्दिर समेत रहेको छ । सुनै सुनको जलपबाट बनेको देबीको मुर्ती रहेकाले मन्दिरलाई कनका सुन्दरी भनिएको स्थानीयबासीको भनाई रहेको छ ।

अचेल नेपालका यस्तै एैतिहासिक महत्वका स्थानहरुलाई सम्बन्र्धन गर्दै अधिकांस स्थानहरुलाई सरकारले ईतिहास अन्वेसकहरुको उदगम स्थल बनाएको छ र त्यस्ता स्थानहरुलाई पर्यटनको गन्तब्य स्थल समेत बनाएको छ । तर जुम्लामा रहेका यस्ता एैतिहासिक स्थलको बिकासमा न कोही ले कुनै कार्यक्रम नै बनाए न कसैले यस्को सम्बर्धनमा कुनै योजना नै ल्याए । बिशाल नेपालको समेत अस्तित्व संग जोडिएको जुम्लाको अवस्था शाह,राणा , प्रजातन्त्र,पंचायत देखी गणतन्त्र सम्म आई पुग्दा पनि जस्ताको तस्तै नै रहेको छ ।


नेपालका धेरै जाति सम्प्रदायको पुख्र्यौली जुम्लाको सिंजा

जुम्ला पुगेर सिंजाको यात्रा गरिएन भने बास्तबिक जुम्ला यात्राको अर्थ अधुरो हुने गर्दछ । नेपाली भाषाको उदगम स्थल र तत्कालिन खस राज्यको राजधानी भएर सिंजा चर्चीत त रहेकै छ त्यसमा पनि यस क्षेत्रमा नेपालका धरै जसो खस जातीका मानीसहरुको कुल घर पनि रहेको छ । बिचमा हिमा नदि बगेको सिंजाको जति एैतिहासिक महत्व रहेको छ त्यतिनै रमणिय पनि छ सिंजा । प्राकृतिक सुन्दरताको खानी सिंजाको हिमा नदिमा राखीएको कलात्मक सांघुहरुले यस्को सुन्दरतामा अझै सुगन्ध थपिदिएको छ । नेपालका रोकाया,आचार्य,धिताल ,महत, भट्ट , न्यौपाने जस्ता थर भएका क्षेत्रिहरुको पुख्यौलि स्थल पनि हो जुम्लाको सिंजा ।

बिचमा हिमा नदि बगेको सिंजाको जति एैतिहासिक महत्व रहेको छ त्यतिनै रमणिय पनि छ सिंजा । प्राकृतिक सुन्दरताको खानी सिंजाको हिमा नदिमा राखीएको कलात्मक सांघुहरुले यस्को सुन्दरतामा अझै सुगन्ध थपिदिएको छ । नेपालका रोकाया,आचार्य,धिताल ,महत, भट्ट , न्यौपाने जस्ता थर भएका क्षेत्रिहरुको पुख्यौलि स्थल पनि हो जुम्लाको सिंजा ।

नेपालका आचार्य ब्राम्हणहरुको पुख्यौलि स्थल । सिजाका राजा नागराजको भान्छेका रुपमा गढवालदेखी आएका भान्छेहरु राजाका भाईभारदारहरु संग कुरा नमिले पछि दरबार छाडेर यस स्थानमा आएर बसेको भनीन्छ । यसै स्थानबाट आचार्य बंशको नेपालमा बिस्तार भएको समेत भनिंदै आएको छ ।

यो गांउमा सयौ बर्ष पुर्बदेखी मानव अस्तित्व रहेको प्रमाण हालै भेटिएको मानव कंकालबाट समेत बुझ्न सकिन्छ । जुम्ला मुगु सडक खन्ने क्रममा अहिले यस स्थानमा सयौ बर्ष पहिले गाडिएको मानव कंकाल र पुरानो हतियारहरु एवं बहुमुल्य असर्फीहरु भेटिएको स्थानीयबासीले बताएका छन् । बाटो खन्ने क्रममा भेटीएको असर्फी र हतियार ठेकेदार र केही गांउका ठूलाबडाले बेपत्ता बनाए पनि भेटीएका मानव कंकालहरु भने छरपस्त रुपले सडकमा देख्न सकिन्छ ।

सिंजामै रोकायाबाडा , निपाने , धितालबाडा जस्ता थरका आधारमा रहेका गांउहरु अहिले पनि रहेका छन् । जुन ति थरका क्षेत्रिहरुको कुलघर मानीन्छ ।

तत्कालिन बाईसे चौबिसे राजाका पालामा स्थानीय राज्यका सेनाका बिच पटक पटक लडांई भै रहने भएकाले तत्काल छोटे राजाहरुले सुरक्षाका निम्ती भन्दै असर्फी,सुन चांदीहरु जमीन मुनी गाडने गरेको प्रमाण जुम्लाको सिंजा क्षेत्रमा प्रसस्त भेट्न सकिन्छ ।

आचार्यलिही संगै जोडएको अर्को गांउ हो नराकोट । तत्कालिन सिजाका राजाको हतियार भण्डार गर्ने कोट घर रहेको स्थान भएकाले यस स्थानलाई नराकोट भनिएको भनाई रहेको छ । तर कोट घरको अवशेस भने अहिले सम्म भेटाउन भने सकिएको छैन । यस गांउको वरिपरि सडक खन्दा पुराना हतियारहरु भेटिने गरेकाले त्यस कुरालाई सत्य हो भन्ने आधार भेट्न सकिन्छ ।

मुलक भित्रकै इतिहासका प्रमाणहरुको संरक्षणमा उदासिन राज्य अतिक्रमीत सिमा बचाउन कसरी सक्षम बन्ला ? यो प्रश्नहो सरकारलाई । जव सम्म मुलुकको दुर दराजका कुना कन्दरासम्म राज्य पुग्दैन तव सम्म मुलुकमा आएको परिवर्तनले सार्थकता पाउन सक्दैन ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ०४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको