२५ मंसिर २०८०, सोमबार | December 12, 2023

वुहानको प्रान्तीय आयोगले भन्यो, वुहानमा २४ घण्टामा कोरोना भाइरसका संक्रमित भेटिएनन, देशभर पाँच जनामा कोरोना पुष्टि



चीन । चीनको वुहानमा विगत २४ घण्टामा कोरोना भाइरसका सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ ।

वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । हुबेईमा बिहीबारसम्ममा सबै शङ्कास्पद विरामीहरूको परीक्षणपछि उनीहरूलाई घर पठाइएको थियो । यद्यपि शुक्रबार भेटिएका विरामी विदेशबाट आएका र उनीहरूमा कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै चिनियाँ मुख्यभूमिमा शुक्रबार पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैजना विदेशबाट चीन आएको बताइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारी अनुसार अहिलेसम्म विदेशबाट चीन भित्रिएका दुई हजार ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

थप सङ्क्रमितमध्ये दुई जना साङ्घाई नगरपालिकाका रहेका छन् भने दुई जना क्वाङडोङ प्रान्तमा विदेशबाट आएका व्यक्ति हुन् भने एक व्यत्ति, भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका भएको आयोगले बताएको छ ।

चीनमा पहिलो र पछिल्लो क्लस्टरमा गरी कूल ८३ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा सङ्क्रमितमध्ये ७८ हजार ८८९ व्यक्ति निको भई घर फर्किएका छन् भने अझै २६१ जनाको विभिन्न शहरहरूमा रहेका कोभिड–१९ विशेष अस्पतालमा उपचार भइरहेको छ । विरामीमध्ये छ जनामा जटिल स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ४७ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका