२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

वुहानको प्रान्तीय आयोगले भन्यो, वुहानमा २४ घण्टामा कोरोना भाइरसका संक्रमित भेटिएनन, देशभर पाँच जनामा कोरोना पुष्टि



चीन । चीनको वुहानमा विगत २४ घण्टामा कोरोना भाइरसका सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ ।

वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । हुबेईमा बिहीबारसम्ममा सबै शङ्कास्पद विरामीहरूको परीक्षणपछि उनीहरूलाई घर पठाइएको थियो । यद्यपि शुक्रबार भेटिएका विरामी विदेशबाट आएका र उनीहरूमा कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै चिनियाँ मुख्यभूमिमा शुक्रबार पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैजना विदेशबाट चीन आएको बताइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारी अनुसार अहिलेसम्म विदेशबाट चीन भित्रिएका दुई हजार ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

थप सङ्क्रमितमध्ये दुई जना साङ्घाई नगरपालिकाका रहेका छन् भने दुई जना क्वाङडोङ प्रान्तमा विदेशबाट आएका व्यक्ति हुन् भने एक व्यत्ति, भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका भएको आयोगले बताएको छ ।

चीनमा पहिलो र पछिल्लो क्लस्टरमा गरी कूल ८३ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा सङ्क्रमितमध्ये ७८ हजार ८८९ व्यक्ति निको भई घर फर्किएका छन् भने अझै २६१ जनाको विभिन्न शहरहरूमा रहेका कोभिड–१९ विशेष अस्पतालमा उपचार भइरहेको छ । विरामीमध्ये छ जनामा जटिल स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ४७ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्