१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

राजिनामा दिएका खेलकुद परिषदका कर्मचारीलाई तेक्वाण्डो संघको विदाई



काठमाडौं । नेपाल तेक्वान्दो संघले आज केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरेको छ । नेपाल सरकारद्वारा जारि गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार आ–आफ्नो पदबाट राजिनामा दिएका पदाधिकारी तथा सदस्यहरुको राजिनामा स्वीकृती गरी संघले उनीहरुलाई विदाई गरेको हो ।

आज बिदाई गरिएकाहरु संघका पदाधिकारी र सदस्यसँगसँगै खेलकुद परिषदका कर्मचारी समेत रहँदै आएका थिए ।

बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गरेका थिए । उनले तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाई गर्नु पर्दा आफुलाई दुखः लागेको भन्दै सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागी सहयोग पुर्याउन आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागी अनुरोध गर्दै धन्यवाद व्यक्त गरे ।

संघबाट बिदाई हुनेमा सचिव नविन कुमार श्रेष्ठ, प्रवक्ता दिपक विष्ट, सह कोषध्यक्ष सुमन कुमार घले र सदस्यहरु टिका प्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिरा बहादुर थापा र मिन न्यौपाने हुन् ।

उनीहरुले सरकारले परिषद ऐन जारी गरे लगत्तै पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ५२ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिय छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा