२० आश्विन २०८३, मंगलबार | October 6, 2026

राजिनामा दिएका खेलकुद परिषदका कर्मचारीलाई तेक्वाण्डो संघको विदाई



काठमाडौं । नेपाल तेक्वान्दो संघले आज केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरेको छ । नेपाल सरकारद्वारा जारि गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान अनुसार आ–आफ्नो पदबाट राजिनामा दिएका पदाधिकारी तथा सदस्यहरुको राजिनामा स्वीकृती गरी संघले उनीहरुलाई विदाई गरेको हो ।

आज बिदाई गरिएकाहरु संघका पदाधिकारी र सदस्यसँगसँगै खेलकुद परिषदका कर्मचारी समेत रहँदै आएका थिए ।

बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गरेका थिए । उनले तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाई गर्नु पर्दा आफुलाई दुखः लागेको भन्दै सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागी सहयोग पुर्याउन आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागी अनुरोध गर्दै धन्यवाद व्यक्त गरे ।

संघबाट बिदाई हुनेमा सचिव नविन कुमार श्रेष्ठ, प्रवक्ता दिपक विष्ट, सह कोषध्यक्ष सुमन कुमार घले र सदस्यहरु टिका प्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिरा बहादुर थापा र मिन न्यौपाने हुन् ।

उनीहरुले सरकारले परिषद ऐन जारी गरे लगत्तै पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ५२ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११