९ आश्विन २०८०, मंगलबार | September 26, 2023

कोरोना रोकथाममा सरकारको विरोध गर्नेहरु मोतिविन्दु लागेका हुन् : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड_१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गर्नुभएको छ ।

सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।

मन्त्री ढकालले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीले नै नदेखेको बताए । उनले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति भएको जिकिर गरे । उनले भने, ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

कोभिड १९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको मन्त्री ढकालले दाबी गरे ।

नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालले बताए । उनले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहदा नेपालमा नियन्त्रण भित्रै रहेको जिकिर गरे ।

सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्ने समेत मन्त्री ढकालले आग्रह गरे । वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मूटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्नेगरी सेवालाई प्रभावकारी बनाउन समेत उनले निर्देशन दिए । राज्यको तर्फबाट कमि कमाजोरी भई प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउन समेत वीर अस्पताललाई आग्रह गरे ।

अस्पताल भित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेको समेत मन्त्री ढकालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ५२ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा