२ पुस २०८२, बुधबार | December 17, 2025

लुम्बिनीस्थित मायादेवी मन्दिर खुला गर्न माग



लुम्बिनी । कोभिड–१९ को प्रभावका कारण बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै बिभिन्न सङ्घसंस्थाले आज लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका छन् ।

बन्दाबन्दी हटिसके पनि मन्दिर बन्द रहेका कारण स्थानीय पूजाआजाबाट वञ्चित रहेकाले यथाशिघ्र खुल्ला गर्न माग गर्दै लुम्बिनीका सङ्घसंस्थाले विकास कोषको ध्यानाकर्षण गराएका हुन् ।

लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।

“लुम्बिनीको आधार र गरीमा भनेकै मायादेवी मन्दिर हो, मन्दिर खुल्ला नहुँदा स्थानीयले भगवान् बुद्धप्रति आस्था प्रकट गर्न पाएका छैनन्”, ज्ञापनपत्रमा भनिएको छ, “मायादेवी लुम्बिनीवासी मात्रै नभई सबैको आस्थाको धरोहर भएकाले लामो समयसम्म बन्द हुँदा हामीलाई गम्भीर चोट पु-याएको छ ।”

लुम्बिनी होटल सङ्घका महासचिव लिलामणि शर्माले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पाठ पूजा हुनुपर्ने बताए ।

“सुरक्षा सतर्कता अपनाएर मायादेवी मन्दिर आंशिकरुपमा भए पनि खुल्ला गर्नुपर्छ, यहाँ बिहान साँझको पूजा पाठ नियमित हुनुपर्छ”, शर्माले भने।

लुम्बिनी होटल सङ्घ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी सङ्घ, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा समूह, सिद्धार्थ होटल सङ्घ, लुम्बिनी बौद्ध महिला समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ, लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्धलगायत सङ्घसंस्थाले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यसबारे अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईलाई जानकारी गराई तत्काल मन्दिर खोल्ने वातावरण बनाउन पहल गर्ने बताए।

कोभिड–१९ को महामारीका कारण चार महिनादेखि बुद्ध जन्मस्थल मायादेवी मन्दिर बन्द छ । मन्दिर बन्द हुँदा नियमित पूजा पाठको काम समेत रोकिएको छ ।

भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाले मन्दिरमा पूजा गर्न पाएका छैनन् ।

मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न चाइना, जर्मन, कोरीयन, जापान, थाईल्याण्ड, श्रीलंका लगायतका विभिन्न देशका बिहारहरु बन्द छन् ।

मन्दिर बन्द हुँदा लुम्बिनीको रौनकता हराएको मायादेवी प्रगतिशील आमा समूहका अध्यक्ष मञ्जु ढकालले गुनासो गरिन ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : २९ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि