२५ असार २०८३, बिहिबार | July 10, 2026

सिल भएको सिमाकै बाटो भएर कोरोना संक्रमित ३ भारतीय बुटवल पुगे, शहर घुमेको ४ दिनपछि संक्रमण पुष्टि



बुटवल । सरकारी कागजमा सिमा सिल गरिएको छ । गत चैत्रदेखि सिमा सिल गरिएकोमा लकडाउन खुल्ला गरिए पनि नेपाल भारत सिमा भने अझै खुलेको छैन ।

सिमामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी टेण्ट टाँगेर नेपाल भित्रने नेपालीहरुलाई एकएक गरी जाँच गर्दै क्वारेन्टाइनमा राख्ने सर्तमा छाड्ने पनि गरेको छ ।

तर रुपन्देहीको बुटवलमा भने ३ जना भारतीय नागरिकहरु ढुक्कसँग बेलहिया सुनौली नाका हुँदै आईपुगेका छन् ।

उनीहरु खालीहात होईन विश्वमा महामारी रुप लिएको कोरोना भाइरस पनि सँगै लिएर बुटवल पुगेका छन् ।

गत बुधबार रुपन्देहीको बेलहिया नाकाहुँदै बुटवल पुगेका ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि सिमा बन्द मात्र देखाउनका लागि गरिएको नाटक जस्तै बनेको छ ।

सिमानाका हुँदै बुटवलको पुरानो बसपार्क स्थित पुर्वाञ्चल होटलमा बुधबारदेखि बस्दै आएका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई कोरोना पुष्टि भएसँगै प्रारम्भिक रुपमा उनीहरुको संगतमा बसेका होटल सञ्चालकसहित ८ जनालाई क्वारेन्टिनमा राख्दै होटल सिल गरिएको छ ।

होटलमा आएर २,३ दिनदेखि भारतीयहरु बसेको भन्ने खबर पाएपछि उनीहरुलाई बुटवल उपमहानगरपालिकाले पिसिआर परीक्षण गर्न भनेको थियो ।

उनीहरुले लुम्बिनी प्रादेशकिक अस्पतालमा ५ हजार ५ सय भुक्तानी गरेर पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना भाइरस देखिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले बताए ।

उनीहरु सिरक डसना बनाउने मजदुर भएको र उनीहरुलाई गण्डकी सिरक डसना उद्योग खोलेर बसेका एकजना व्यवसायीले भारतबाट लिएर आएको बताइएको छ ।

नेपालीहरु सिमासम्म लिन आउने आफन्त नभएका कारण वा क्वारेन्टिनको ग्यारेन्टी नभएका कारण सिमा पारी हप्तौंसम्म रोकिन बाध्य हुनुपरेका बेला बुटवल पुगेका ३ जना भारतीयलाई सजिलै सिमा पार गर्न दिनुबाट सिमा सिल कार्यान्वयन गर्न बसेको सुरक्षा निकायमाथि प्रश्न उठेको छ ।

बुधबार बुटवल पुगेका भनिएका उनीहरु बुधबार यता बुटवलको कुनकुन स्थानमा पुगेको र कतिजनासँग सम्पर्क गरेका थिए भन्ने बिषयमा उपमहानगरले खोजी गरिरहेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ३० बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट