५ पुस २०८२, शनिबार | December 20, 2025

सिल भएको सिमाकै बाटो भएर कोरोना संक्रमित ३ भारतीय बुटवल पुगे, शहर घुमेको ४ दिनपछि संक्रमण पुष्टि



बुटवल । सरकारी कागजमा सिमा सिल गरिएको छ । गत चैत्रदेखि सिमा सिल गरिएकोमा लकडाउन खुल्ला गरिए पनि नेपाल भारत सिमा भने अझै खुलेको छैन ।

सिमामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी टेण्ट टाँगेर नेपाल भित्रने नेपालीहरुलाई एकएक गरी जाँच गर्दै क्वारेन्टाइनमा राख्ने सर्तमा छाड्ने पनि गरेको छ ।

तर रुपन्देहीको बुटवलमा भने ३ जना भारतीय नागरिकहरु ढुक्कसँग बेलहिया सुनौली नाका हुँदै आईपुगेका छन् ।

उनीहरु खालीहात होईन विश्वमा महामारी रुप लिएको कोरोना भाइरस पनि सँगै लिएर बुटवल पुगेका छन् ।

गत बुधबार रुपन्देहीको बेलहिया नाकाहुँदै बुटवल पुगेका ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएपछि सिमा बन्द मात्र देखाउनका लागि गरिएको नाटक जस्तै बनेको छ ।

सिमानाका हुँदै बुटवलको पुरानो बसपार्क स्थित पुर्वाञ्चल होटलमा बुधबारदेखि बस्दै आएका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई कोरोना पुष्टि भएसँगै प्रारम्भिक रुपमा उनीहरुको संगतमा बसेका होटल सञ्चालकसहित ८ जनालाई क्वारेन्टिनमा राख्दै होटल सिल गरिएको छ ।

होटलमा आएर २,३ दिनदेखि भारतीयहरु बसेको भन्ने खबर पाएपछि उनीहरुलाई बुटवल उपमहानगरपालिकाले पिसिआर परीक्षण गर्न भनेको थियो ।

उनीहरुले लुम्बिनी प्रादेशकिक अस्पतालमा ५ हजार ५ सय भुक्तानी गरेर पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना भाइरस देखिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले बताए ।

उनीहरु सिरक डसना बनाउने मजदुर भएको र उनीहरुलाई गण्डकी सिरक डसना उद्योग खोलेर बसेका एकजना व्यवसायीले भारतबाट लिएर आएको बताइएको छ ।

नेपालीहरु सिमासम्म लिन आउने आफन्त नभएका कारण वा क्वारेन्टिनको ग्यारेन्टी नभएका कारण सिमा पारी हप्तौंसम्म रोकिन बाध्य हुनुपरेका बेला बुटवल पुगेका ३ जना भारतीयलाई सजिलै सिमा पार गर्न दिनुबाट सिमा सिल कार्यान्वयन गर्न बसेको सुरक्षा निकायमाथि प्रश्न उठेको छ ।

बुधबार बुटवल पुगेका भनिएका उनीहरु बुधबार यता बुटवलको कुनकुन स्थानमा पुगेको र कतिजनासँग सम्पर्क गरेका थिए भन्ने बिषयमा उपमहानगरले खोजी गरिरहेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ३० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने