३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, आकस्मिक बाढीको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै नेपालको तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

आज विहान साढे ३ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह नाघेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तल्लो तटीय क्षेत्र र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने सम्भावना रहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलाको जलसतह सतर्कता विन्दु नजिक पुग्न सक्छ ।

तसर्थ आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

त्यस्तै आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी बर्षा भएको छ भने थप बर्षा हुने सम्भावना रहेकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायतका साना नदीको जल सतह सतर्कता बिन्दु नजिक पुग्नसक्ने भएकाले बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरु तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर अधिकांश क्षेत्रको मौसममा बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका केही स्थानहरु तथा कर्णाली प्रदेशको एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ५५ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६