२४ माघ २०८२, शनिबार | February 8, 2026

आफन्तले बस्ने बास नदिएपछि आत्महत्याको सहारा, आत्महत्या पछि कोरोना पुष्टि



बर्दिया । बर्दियामा क्वारेन्टिनमा आत्महत्या गरेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । आइतवार राति आत्महत्या गरेका ति व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । पीसीआर रिपोर्ट नआउदासम्म उनको शव झुन्डिएकै अवस्थामा रहेको बताइएको छ ।

अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट कैलाली हुदै बर्दिया आएका थिए । स्थानीयबासीका अनुसार अछाम जाने अवस्था नभएपछि उनी सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा पुगेका थिए । आफन्तले घरमा बस्न नदिएपछि बाटोमा हिँड्दै गर्दा उनी बाटोमै बेहोस भएका थिए ।

बाटोमा अचेत अवस्थामा फेला परेका उनलाई ठाकुरबाबा नगरपालिकाकाले क्वारेन्टिनमा लगेर राखेको थियो । क्वारेन्टाइनमा नै उनले झुण्डिएर आत्महत्या गरेका थिए ।

भुरिगाउँमा रहेको क्वारेन्टिनमा आइतबार राति ती पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जन्म घर अछाम जानसक्ने वातावरण नहुनु र आफन्तले घर बस्न नदिएको पीडामा आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ३२ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको