४ आश्विन २०८०, बिहिबार | September 21, 2023

आफन्तले बस्ने बास नदिएपछि आत्महत्याको सहारा, आत्महत्या पछि कोरोना पुष्टि



बर्दिया । बर्दियामा क्वारेन्टिनमा आत्महत्या गरेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । आइतवार राति आत्महत्या गरेका ति व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । पीसीआर रिपोर्ट नआउदासम्म उनको शव झुन्डिएकै अवस्थामा रहेको बताइएको छ ।

अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट कैलाली हुदै बर्दिया आएका थिए । स्थानीयबासीका अनुसार अछाम जाने अवस्था नभएपछि उनी सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा पुगेका थिए । आफन्तले घरमा बस्न नदिएपछि बाटोमा हिँड्दै गर्दा उनी बाटोमै बेहोस भएका थिए ।

बाटोमा अचेत अवस्थामा फेला परेका उनलाई ठाकुरबाबा नगरपालिकाकाले क्वारेन्टिनमा लगेर राखेको थियो । क्वारेन्टाइनमा नै उनले झुण्डिएर आत्महत्या गरेका थिए ।

भुरिगाउँमा रहेको क्वारेन्टिनमा आइतबार राति ती पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जन्म घर अछाम जानसक्ने वातावरण नहुनु र आफन्तले घर बस्न नदिएको पीडामा आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ३२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावली विपरीत आफुखुसी नियुक्ति

बुटवल । दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन