१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड आज पनि अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड आज पनि अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ८ गौडेपुल नजिक डुम्रे र तिनाउ ३ माथिल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्ग बुटवल पाल्पा सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गौडेपुल नजिक डुम्रेमा मंगलवार विहान सवा ५ वजे र सिद्धबाबामा सवा ७ वजे पहिरो खसेर सडक अवरुद्ध भएको ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरो नहटे सम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार आजै जिल्ला पाल्पा बग्नासकाली ४ सेरा स्थित सिद्धार्थ राजमार्ग पाल्पा पोखरा सडक खण्डमा समेत पहिरो गएर सडक बन्द भएको छ । विहान पौने ८ वजेको समयमा पहिरो झरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०४ बजे

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी